

विशाल बस्नेत, बर्दिया (गुलरिया) । गुलरिया नगरपालिका ४ नं. वडा कार्यालयको आर्थिक सहयोग तथा संयोजन र सामुदायिक सेवा फाउण्डेसन नेपालको आयोजनामा निशुल्क कान जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविर उद्घाटन गर्दै गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले स्वास्थ्य शिविरबाट स्थानीयबासीलाइ प्रत्यक्ष रुपमा लाभ मिल्ने बताउनु भयो । विकास निर्माण मात्रै नभई यस्ता शिविरहरु पनि स्थानीयबासीको लागि आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न कारणबाट कानको स्वास्थ्य समस्या भएका आफ्ना नगरिकका लागि निशुल्क रुपमा स्वास्थ्य शिविरको व्यवस्था गरेकोमा ४ नं. वडा कार्यालयलाई धन्यावाद दिनुभयो ।

४ नं. वडाका वडाध्यक्ष सुरेश गौतमले मानिसहरुमा विभिन्न कारणले कानमा समस्या हुने भएकाले सधै सुरक्षित राख्नुपर्ने बताउनु भयो । वडाको तर्फबाट नागरिकसंग जोडिएका प्रत्यक्ष कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा अन्य शिविरहरु पनि सञ्चालन गर्ने बताउनु भयो ।
शिविरमा ६३ जना महिला र ५१ जना पुरुष गरी एकसय १४ जना स्थानीयले कान स्वास्थ्य जाँच गराएका थिए । शिविरमा परीक्षण गरेकाहरुलाई निशुल्क औषधी वितरण गरिएको थियो ।