bardiyahospital

रेडियो संवादको परिक्षण प्रसारण सुरु

Geruwa GIF

बर्दिया । बर्दियाको गुलरियामा रेडियो संवाद एफ. एम.ले परिक्षण प्रशारण सुरु गरेको छ । गणतन्त्र दिवसको दिनदेखि “बर्दियाको समावेशी आवाज” भन्ने नारा सहित रेडियोले परिक्षण प्रसारण शुभारम्भ गरेको हो ।


जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारि बिहान ५:५१ बजेदेखि गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले रेडियोको ट्रान्समिटरको बटन थिचेर शुभारम्भ गर्नुभएको थियो ।  रेडियोको परिक्षण प्रसारण उद्‌घाटन कार्यक्रममा गुलरिया नगरपालिकाकी नगर सावित्रा गौतम‚ प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह‚ मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने‚ प्रमुख जिल्‌ला अधिकारी नारायण प्रसाद रिसाल‚ नेपाल प्रहरी उपरीक्षक सुधिरराज शाही‚ शसस्त्र प्रहरी उपरीक्षक‚ वडाअध्यक्षहरू सुरेश गौतम‚ मुम बहादुर मल्‌ल‚ हरि प्रसाद पासी‚ लक्ष्मीनारायण लोध लगायतको सहभागिता रहेको थियो ।

cld


यस अघि बर्दिया जिल्लामा रेडियो गुर्वावा‚ रेडियो बबई‚ रेडियो रामज्ञानु‚ टाईगर एफ एम‚ राजापुर एफ एम र साथी एफ एम प्रशारण भईरहेका छन् ।
रेडियो टाइगरसंग सहकार्य गर्दै अघि बढ्दै रेडियो संवादले परिक्षण प्रसारण पश्चात् असार मसान्तदेखि नियमित प्रसारण सुरु गर्ने कार्यक्रम संयोजक सौगात श्रेष्ठले बताउनुभयो । रेडियो टाइगरले कृषि‚ स्वास्थ्य‚ शिक्षा‚ वन वन्यजन्तु संरक्षण‚ संस्कृति‚ पर्यटन र विकास लगायतका विषयमा विभिन्न सुचनामुलक‚ जनचेतनामूलक कार्यक्रम एवम् समाचारका साथै मनोरञ्जनात्मक कार्यक्रमहरू उत्पादन तथा प्रसारण गदर्ै आइरहेको छ ।
रेडियो संवाद एफ. एम.ले परिक्षण प्रसारण शुभारम्भ गरेको अवसरमा सम्पूर्ण रेडियोप्रेमी स्रोतहरूमा आभारसहित शुभकामना व्यक्त गर्दै स्रोताले रुचाउने सूचना तथा समाचार मुलक‚ सन्देशमुलक र कार्यक्रमहरू प्रसारण गर्ने रेडियोका प्रवन्ध निर्देशक भावुक योगीले बताउनुभयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.