एजेन्सी । हलिउड स्टार टम ह्याङ्कले आफूले अभिनय गरेका सबै फिल्म उत्कृष्ट नभएको बताएका छन् । उहाँले द न्यू योर्करलाई दिएको अन्तर्वार्तामा यो कुरा स्वीकार गर्नुभएकाे ।
‘यसलाई स्वीकार गरौं । हामी सबैले घृणा गर्ने खालका फिल्महरु हेरेका छौं । म पनि केही घृणा गर्ने फिल्ममा जोडिएको थिएँ । तपाईंले मेरा केही फिल्महरु हेर्नु भएको छ । तपाईंले ती फिल्मलाई घृणा गर्नुभएको छ’, उहाँले भन्नुभएकाे छ ।
उहाँले फिल्मले मूल्यांकन कसरी गर्नुपर्छ भन्ने कुरालाई उल्लेख गर्दै फिल्म हेरेपछि आउने प्रतिक्रियालाई सामान्य रुपमा लिएर त्यसलाई नोट गर्न सक्नुपर्ने बताउनु भयाे । कसैले भन्नसक्छ ‘म घृणा गर्थे’ । अरु मानिसहरुले भन्न सक्छन्,‘मलाई लाग्छ यो शानदार छ’ । यी दुई बीचको कुरा सुन्दा वास्तवमा फिल्म चाहिँ कस्तो छ ?’, उहाँले भन्नुभयाे ।
‘फिल्मको व्यावसायिक प्रदर्शन । किनभने यदि यसले पैसा कमाउँदैन भने तपाईंको करियर तपाईंले चाहेको भन्दा चाँडो टोस्ट हुनेछ । यो एक सत्य हो,’ उहाँले भन्नुभयाे।
टमले सन् १९४६ को होलिडे क्लासिक फिल्म ‘इट्स ए वन्डरफूल लाइफ’को उदाहरण दिनुभएकाे छ। यो फिल्म सुरुमा हलमा रिलिज भए पनि यसले लोकप्रियता भने टेलिभिजनमा प्रसारणपछि पाएको थियो ।
उहाँले अर्को उदाहरण उहाँकै लेखन, निर्देशन र अभिनय रहेको फिल्म ‘द्याट थिङ यु डू’लाई दिएका छन् । जुन फिल्म सन् १९९६ मा रिलिज भएको थियो । ‘मलाई त्यो फिल्म बनाउन मन लाग्यो’, उहाँले भन्नु भएकाे छ ।