Division forest_Ads
Barista_Training

बेपत्ता थारुको शव फेला

Geruwa GIF
Basgadhi PSA_final

यज्ञप्रसाद सापकोटा
बर्दिया । बाघको आक्रमणका कारण बेपत्ता भएका गेरुवा गाउँपालिका – ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुको शव फेला परेको छ । थारुको शव २ सय मिटर टाढा जंगल भित्र फेला परेको हो ।
थारु भैसी चराउन गएको बेला पाटेबाघले आक्रमण गरी तानेर लगेको थियो । बाघले आक्रमण गरेको जानकारी पाउन साथ बर्दिया राष्ट्रिय निकुञ्जले खोजी कार्य सुरु गरेको थियो । चार ओटा हात्ती सहित खोजी कार्यमा खटिएको निकुञ्जको टोलीले सवा ११ बजे शव फेला पारेको थियो ।
हाल मृतक थारुको शव पोष्ट मार्टमको लागि राजापुर अस्पताल लगिएको छ । पोष्टमार्टम पश्चात् आवश्यक प्रक्रिया पुर्याइ शव आफन्तलाई बुझाईने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनु भयो ।
पछिल्लो समयमा बर्दियामा बाघको विगविगि बढ्दै गएको छ । गत आर्थिक वर्षमा १२ जना र चालु आर्थिक वर्षको हालसम्म २ जनाले बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । गरी ज्यान लिएको छ ।

Leave A Reply

Your email address will not be published.