बर्दिया (गुलिरया) । निर्माण व्यवसायी संघ बर्दियाको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा हेमन्तप्रकाश गिरी र महासचिवमा सन्तोषकुमार रेग्मी निर्विरोध निर्वाचित हुनु भएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्ष र महासचिव पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा भने निर्वाचन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा १ सय ४६ मत प्राप्त गरी विमल केसी विजयी हुनु भएको छ । उपाध्यक्ष पदका प्रत्यासीद्वय टंकबहादुर खत्रीले २९ र राजु भण्डारीले १३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा चन्द्रमणी लम्साल ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
सचिवमा प्रकाश श्रेष्ठ ९३ मत प्राप्त गरी विजयी हुनु भएको छ । आन्तरिक सचिव तर्फ जगतप्रसाद अधिकारी ८० मत, कोषाध्यक्षमा गोविन्द कँडेल १ सय ५४ मत र सह कोषाध्यक्षमा रामचन्द्र बालन क्षेत्रीले १ सय ४८ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा मोहन पौडेल (१२६), राजकुमार थारु (१२३), दिल बहादुर चौधरी (११३), मन बहादुर तामांग (११२), दिपेन्द्र बहादुर वुढा (११०), गणेश कुँवर (९०) र कमल भण्डारी (१०७) मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन समितिले जानकारी दियो ।
गत जेठ २० गते उद्घाटन शत्र शुरु भएपनि सबै पदमा निर्विरोध निर्वाचित गरेर अगाडी बढ्न खोजेका व्यवसायीहरु बीच सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।