bardiyahospital

अनलाईनमै रहन रुचाउने किशाेर किशाेरीहरुमा डिप्रेसनकाे खतरा

Geruwa GIF

एजेन्सी । सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा आफ्नो साथीसँग लामोसमय अनलाइनमा बस्ने युवाहरुमा अनिन्द्रा, डिप्रेसन र चिन्ता रोगको खतरा रहेको अनुसन्धानकर्ताहरुले जनाएका छन्। समाजिक सञ्जालमा आफ्नो प्रभुत्व देखाउन पनि किशोर किशोरीहरु अनलाईनमै रहन रुचाउने बढ्दो दबाबमा रहेको उनीहरुको दाबी छ।

करिब ९० प्रतिशत किशोर किशोरी समाजिक सञ्जालमा रमाउने गरेको उनीहरुमा भावनात्मक र आवेगपूर्ण समस्या देखिएको अध्यययनमा जनाइएको छ। यस्तो समस्याले उनीहरुको प्रौढ अवस्थालाई अझ बिकाराल बनाउने चेतावनी समेत दिइएको छ।

cld

ग्लासगोउ युनिर्भसिटीका प्राध्यापक तथा अनुसन्धान टोलीका सदस्य डा. हिदर क्लिलेन्ड वुड भन्छिन्, ‘युवाहरुमा डिप्रेसन, चिन्ता र अनिन्द्राको बढ्दो जोखिममा हुन्छन र सामाजिक सञ्जालले यसलाई अझै समस्या बढाएको छ।

म्यान्चेस्टरको ब्रिटिश साइकोलोजिक सोसाईटीमा शुक्रबार पेस गर्न लागिएको उनको अध्ययन ४६७ किशोर किशोरीलाई समग्रमा प्रश्न सोधिएको थियो। उनीहरुलाई राती कति बजेसम्म सामाजिक सञ्जालमा समय कटाउछन भन्ने विषयमा जिज्ञासा गरिएको थियो।

फेसबुक, टविटर, ह्वाट्सएपले उनीहरुको सुत्ने समय, निद्रको प्रकृति र सामाजिक जीवनमा कत्तिको प्रभाव पारेको छ भन्ने उदेश्यले यो अध्ययन गरिएको हो।

सामाजिक सञ्जालको प्रयोग, रातीमा अनलाईन र आवेग इत्यादिका कारण उनीहरुको निन्द्रामा ठूलो प्रभाव पारेको थियो। यसअघि पनि क्यानडाका स्वास्थ्य अधिकारीहरुले गरेको एक अनुसन्धानमा सामाजिक सञ्जाल र मनोवैज्ञानिक समस्यामा सम्बन्ध रहेको खुलासा गरेका थिए। ओटावाका ७ सय माध्यामिक स्तरका विद्यार्थीमा गरिएको एक अध्ययनमा दिनमा दुई घन्टा सामाजिक सञ्जालमा व्यस्त हुने विद्यार्थी अन्यको तुलनामा तीन गुना मानिसक रुपमा कम्जोर भएको पाइएको थियो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.