Krishnasar_Dubble Ad
Barista_Training

सामुदायिक विद्यालयका कर्मचारीहरु धर्नामा, विद्यालय ठप्प पार्ने चेतावनी

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । आफ्ना माग सरकाले सुनुवाई नगरेको भन्दै बर्दियाका सामुदायिक विद्यालयका कर्मचारीहरुले विगत ५ दिनदेखि शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बर्दियामा धर्ना दिँदै आएका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका सेवा, सुविधासहित पेशागत स्थायित्वको माग गर्दै  नेपाल विद्यालय कर्मचारी परिषद बर्दियाले साताव्यापी कार्यक्रम अन्तर्गत धर्ना  दिदैँ आएकाे छ ।

Basgadhi PSA_final

सरकारले सामुदायिक विद्यालयमा कार्यरत सहायक र सहयोगी कर्मचारीहरुलाई सामान्य सेवासुविधा समेत नदिएर विभेद गरेको उनीहरुको भनाइ छ ।  सरकारको नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम बजेटमा नपरेका कारण प्रधानाध्यापकलाई विद्यालयको चाबी बुझाएर आन्दोलनमा उत्रन बाध्य भएकाे परिषदका जिल्ला अध्यक्ष रामशंकर चौधरीकाे भनाइ छ ।

परिषदका जिल्ला अध्यक्ष चौधरीले न्यून तलबमा पनि स्थायी शिक्षक सरह सेवा प्रदान गरिरहेका आफूहरुको मागका बारेमा बजेटमा सम्बोधन नगरिएकामा धर्ना बस्नु परेको बताउनु भयो । उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा समेटिए पनि बजेटमा सम्बोधन नभएकाले आन्दोलनमा उत्रिनु परेको दावी गर्नुभयो ।

उहाँले माग सुनुवाइ नभए विद्यालय ठप्प पार्ने चेतावनीसमेत दिनुभयो । सेवा सुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने अध्यक्ष चाैधरीकाे माग छ ।

बर्दिया जिल्लामा तीनसय ५१ जना विद्यालय कर्मचारीहरु कार्यरत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page