Division forest_Ads
Barista_Training

बर्दियामा सयौँ घर डुबानमा

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।आईतबार देखि परेको अविरल बर्षा कारण कर्णाली नदीको सतह बढेर बस्तीमा छिरेको छ । तटबन्ध भत्काएर कर्णाली .नदि वस्तीमा पस्दा राजापुरको दौलतपुर, तिग्रा, चनौरा र गेरुवा गाउँपालिकाको सर्खोल, राजिपुर, बन्कट्टी गाउँ डुबानमा परेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले हाल सम्म राजापुर नगरपालिकाको वडा नं १ मा ७ सय ४८ वडा नं ३ मा १ सय २० घर धुरी डुवानमा परेको बताए । त्यसैगरी गेरुवा गाउँपालिकाको २ र ३ नं वडामा गरी ९५ घर धुरी डुबानमा परेको उनले बताए । खेती र धनमालको क्षती भएपनि मानविय क्षती भएको जानकारी हाल सम्म नआएको उनले बताए । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार राहत र उद्धारको लागि विपत् व्यवस्थापन समितिले निर्णय गरी विपत समाधानका लागि उद्धार र राहातका कार्यक्रमहरु ल्याइएको छ ।

Basgadhi PSA_final

पानी जमेपछि राजापुर देखि गेरुवाको शान्तीबजार जाने सडक अवरुद्ध भएको छ । डुबानमा परेका गाउँहरु लगाएत राजापुर बजार समेत जोखिममा रहेको छ । भित्र्याउन लागेको धानवाली बाढीले पुर्णरुपमा क्षती गरेको छ । कतिपय कृषकहरुले काटेर सुकाएको धान उच्च स्थानमा सारीरहेको देख्न सकिन्छ ।

हाल जिल्ला विपत व्यवस्थापन समिति, सुरक्षाकर्मी र स्थानीय पालिकाहरु उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् । बाढीमा फसेका मानिस, पशुपंछि, लत्ताकपडा तथा खाद्यन्नहरु बचाउन लागिएको छ । बाढी ग्रस्त क्षेत्रमा अझै पनि पानी परिरहेको हुनाले उद्धार कार्य गर्न कठिन भएको छ ।

कर्णाली नदीको जलस्तर १०.८ मिटर खतराको तह पार गरी ११.९० मिटर भन्दा माथि पुगिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदिको जलस्तर बढ्दो क्रममा रहेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले थप धनजनको क्षती रोक्नका लागि नदि किनारका घरहरुलाई अत्यावस्यक सामाग्री सहित सुरक्षित स्थानमा जानका लागि आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.