bardiyahospital

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी : कांग्रेस नेता कोइराला

Geruwa GIF

काठमाडाैँ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाउनु भएकाे छ ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै आक्राेश व्यक्त गर्नुभयाे ।

cld

सत्ता घटक प्रमुख दल नेपाली कांग्रेसका नेता डा‍‍. काेइरालाले भन्नुभयाे, ‘सरकार टिकाउनका लागि यी कुराहरू गर्दा खरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ । हामीले राजनीतिक स्वतन्त्रता छ पायौँ । संविधान पायौँ नि । तपाईँहरू, हामीहरू सबै खुसी छौँ । तर आर्थिक, सामाजिक, सांस्कृतिक विविधताहरू अहिले पनि अप्ठ्यारोमा परेका छन् ।’

‘अहिले निर्वाचन आयोगलाई हामीहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनु पर्छ भनेर भनिराखेका छौँ । र, हुन पनि पर्छ । निर्वाचन आयोगलाई सिडिओको मातहतमा लगेर एउटा कोठामा लगेर राख्ने । त्यसले लोकतन्त्र मजबुत हुन सक्दैन । लोकतन्त्र मजदुर हुनका लागि निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ भन्ने कुरा पनि तपाईँहरू माझमा राख्न चाहन्छु, डा‍‍. काेइरालाले भन्नुभयाे, ‘सुशासन, पारदर्शिता, जबाफदेहिता र उत्तरदायित्व यी कुराहरू कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हुन्छ । हामी कहाँ दण्डहीनताको पनि कता कता बढ्दै गएकोमा मलाई चिन्ता लागिरहेको छ । अहिले भर्खरै हेर्नुस् । तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलीका दिनमा ।’

नेता कोइरालाले कांग्रेस कमजोर भएको हीन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउँदै अतीतबाट सिक्न सके कांग्रेस कमजोर हुने कुनै कारण दावी गर्नुभयाे ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.