Division forest_Ads
Barista_Training

बर्दियामा बाढीका कारण १२ सय ३७ घर डुबानमा

१२ सय हेक्टरको धान सखाप

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया (राजापुर) ।
कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा क्षती पुर्याएको छ । आईतबार देखि परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीको बहाव तीव्र हुँदा केही स्थानमा बाँध फुटेर र केही स्थानमा बाँध माथिबाट गाउँ तर्फ पानी पसेको थियो ।
मंगलबार विहान देखि बस्ती तर्फ पसेको पानी हालसम्म पनि बस्तीमा पानी रहेको छ । मंगलबार राती देखि बस्तीमा पानीका मात्रा विस्तारै कम हुँदै गएको स्थानीयबासी बताउछँन् ।


बाढीका कारण राजापुर नगरपालिका वडा नं १ मा ७ सय ४८, वडा नं ३ मा एक सय २० र वडा नं ७ मा एक सय ५९ घरधुरी गरी जम्मा एक हजार २७ घरधुरी डुवानमा परेका छन् । त्यसैगरी गेरुवा गाउँपालिका वडा नं २ मा एक सय र वडा नं ३ मा एक सय १० गरी जम्मा दुई सय १० घरधुरी डुवानमा परेका छन् । डुवानमा परेका घरधुरीको अन्नपात लत्ताकपडा लगाएत घरयासी सामानहरु बगाएको छ । विहान पख बाढी पसेको कारण मानविय क्षती भने भएको छैन ।

Basgadhi PSA_final


विपत् व्यवस्थापन समिति बर्दिया, राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र सुरक्षाकर्मीहरुको टोलीले उद्धार तथा राहत वितरण कार्य जारी राखेका छन् । बाढी घट्ने क्रम रहेको हुनाले उद्धार भन्दा पनि पानी र राहतका कार्यक्रम अगाडी सारेको राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बहादुर सुनारका अनुसार राहत र उद्धारको लागि विपत् व्यवस्थापन समितिले निर्णय गरी विपत समाधानका लागि उद्धार र राहातका कार्यक्रमहरु ल्याइएको छ । कर्णाली नदीको जलस्तर १०.८ मिटर खतराको तह पार गरी १३.१० मिटर भन्दा माथि पुगिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल नदीको जलस्तर घढ्दो क्रममा रहेको छ ।

नदीको पानी बस्तीमा पसेपछि घरमा भण्डारण गरेको खाद्यन्न मात्र नभएर भित्र्याउने बेलाको धान पुर्ण रुपमा नष्ट भएको छ । खेतमा काटेर राखेको धानवाली तथा खेतमा काट्ने बेलाको धान समेत पुर्ण रुपमा नोक्सान भएको छ । खेतमा थुपारेर राखेको धान समेत बगेको छ । बग्नबाट बचेको धान पनि उम्रन थालेको स्थानीयले बताएका छन् । बर्दियामा करिब ६० हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । जसमा १८ हजार हेक्टर राजापुर क्षेत्रमा धान खेती गरीन्छ । जसमा १२ सय हेक्टर धान खेती बाढीका कारण पुर्णरुपमा नोक्सान भएको छ भने करिब ६ सय हेक्टर धानबाली आँशिक रुपमा क्षती भएको  अगुवा कृषक पहारी चाैधरीले बताए । बर्षभरी खाने खाद्यन्न बाढीले नोक्सान गरेपछि कृषकहरु चिन्तीत बनेका छन् ।

 

Leave A Reply

Your email address will not be published.