एजेन्सी। हिजोआज गर्मीको महिना छ । गर्मीमा काम गर्दा वा बाहिर हिँड्दा पसिना धेरै निस्किन्छ । यस्तो अवस्थामा हाम्रो शरीरलाई अत्यधिक शीतल चाहिन्छ। त्यसका लागि एकदमै राम्रो विकल्प भनेको मही हो ।
गर्मीका बेला महीमा कालो मरिच मिसाएर पिउनाले शरीरमा फाइटोन्युट्रएन्ट्सको मात्रा बढ्छ । जसले स्वास्थ्यलाई निकै फाइदा गर्दछ ।
आउनुहोस् जानौं यसका अन्य फाइदाहरूबारे :
– महीमा कालो मरिच मिसाएर पिउँदा रक्तचापसँग जोडिएका समस्याहरू नियन्त्रित हुन्छन् । महीलाई यसरी पिउँदा रक्तसञ्चार पनि राम्रोसँग हुन्छ।
– महीमा मरिच राखेर पिउँदा डिहाइड्रेसनको समस्याबाट बच्न सकिन्छ । जसले गर्दा कमजोरी, थकान तथा छालासम्बन्धी समस्याहरू पनि कम हुन्छ।
– तौल कम गर्नका लागि पनि मही एकदमै फाइदाजनक छ । यसले शरीरमा मेटाबोलिज्म राम्रो हुन्छ जसले गर्दा तीव्र रूपमा फ्याट बर्न हुन्छ।
– छालाका लागि पनि मरिच मिसाइएको मही एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई डिटक्स गर्ने काम गर्छ जसले गर्दा छालामा भएका कालो दागधब्बा आदि अन्य समस्याहरू हट्दै जान्छ ।
– महीमा फ्याट, क्यालोरी तथा कार्बोहाइड्रेटको मात्रा एकदमै न्यून हुन्छ जसले गर्दा शरीरमा खराब कोलेस्ट्रोल तीव्र गतिमा कम हुन्छ ।
– यसैगरी, महीमा मरिच राखेर पिउनु पेटका लागि पनि एकदमै लाभदायक हुन्छ । यसले पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ । त्यसैले कब्जियत, अपच, एसीडीटी आदि समस्याबाट मुक्ति पाउन सकिन्छ ।