bardiyahospital

देशको भूभागको बारेमा बोल्न नसक्नेहरूको हातमा देश छ : अध्यक्ष लिङदेन

Geruwa GIF

काठमाडौं, २७ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो देशको भूभागको बारेमा बोल्न नसक्नेहरूको हातमा देशको नेतृत्व रहेको आरोप लगाउनु भएकाे छ ।

शनिबार राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनु भएकाे हाे। उहाँले देश जोगाउने लडाइँ, धर्म जोगाउने लडाइँमा एकचोटी तपाईँहरूको साथ र सहयोग चाहिएको बताउनु भयाे।

cld

‘आज हेर्नुहोस् त देशको जिम्मा लिएको राजनीतिक दलहरू र व्यक्तिहरूका क्रियाकलाप कस्तो प्रकारका छन्? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन्।’ उहाँले भन्नुभयाे,‘आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभागसमेत अङ्कित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दाखेरि यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ। तपाईँहरूले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोलि तपाईँको भावी सन्ततिले देख्न नपाउने खतराहरू बढेर गएको छ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.