bardiyahospital

बर्दिया बहुमुखी क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा ढकाल निर्वाचित

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया । बर्दिया बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुन्दरकुमार ढकाल निर्वाचित हुनुभएको छ । ढकालको नेतृत्वमा रहेको सयुक्त प्यानल नै निर्वाचित भएको हो ।

आइतबार सकिएको मतगणना अनुसार अध्यक्ष ढकाल तीन सय ५८ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी मानबहादुर वलीले तीन सय २९ प्राप्त गर्नु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

cld

त्यसैगरी सञ्चालक समितिको उपाध्यक्षमा भक्तिराम अधिकारीले तीन सय ६२ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उपाध्यक्ष पदका अर्का उमेद्वार गंगाराम थारुले तीन सय सात मत प्राप्त गर्नु भएको छ ।

सदस्यमा बोधराज गौतम, उमाकान्त चापागाँई, चन्द्रिकाप्रसाद थारु, करसिंह बुढा, लक्ष्मणकुमाार चौधरी, नन्दराम जैसी, सीताराम थारु, राजकुमार थारु, गयाप्रसाद थारु, गोविन्द शर्मा, फतु थारु, मथुराप्रसाद थारु र महिला सदस्यमा बुद्धन कुमारी थारु निर्वाचित हुनु भएको छ ।

लेखा संयोजकमा प्रेमबहादुर खड्का तथा सदस्यमा गंगा वली र अन्जनाकुमारी विष्ट निर्वाचित भएका हुनुभएको छ ।

आठ सय ९३ जना मतदाता रहेकोमा सात सय ७८ जनाले मतदाताले मतदान गरेका थिए भने नौ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
बर्दिया बहुमुखी क्याम्पस बासगढी नगरपालिका वडा नं ८ मा लक्ष्मणा सामुदायिक क्याम्पस हो । क्याप्पसमा स्नातक तहसम्म पढाई हुँदै आएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.