bardiyahospital

कुन समयमा खानु हुँदैन काँक्रो ?

Geruwa GIF

काठमाडौं । काँक्रो सेवन गर्मीयाममा अति नै लाभदायक हुन्छ । काँक्रो सेवनले हाम्रो स्वास्थ्यमा विभिन्न फाइदा प्राप्त हुन्छ । काँक्रोलाई हामी अचार, सलाद र तराकारीको रुपमा पनि खान्छौँ ।

काँक्रोमा भिटामिन र मिनरल्स पर्याप्त मात्रामा पाइन्छ । यसका साथै काँक्रोमा वाटर कन्टेन्ट बढी मात्रामा हुन्छ, जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ ।

cld

यद्यपि, काँक्रो सेवन गर्दा धेरै मानिसले गल्ति गर्छन् । काँक्रो खाने उचित समय हुन्छ । काँक्रोलाई जुन समय पनि सेवन गर्नाले यसले नोक्सान पुर्याउँछ ।

काँक्रोलाई सधैँ दिउँसो मात्र सेवन गर्नु पर्छ । यदि काँक्रो राति खाइयो भने यसले शरीरलाई विभिन्न हानि पुर्याउँछ ।

राति काँक्रो खाँदा हुने बेफाइदा

पाचनमा असर

काँक्रोमा कुकुरभिटासिन हुन्छ, जसलाई पाचन बलियो भएको समयमा मात्र पचाउन सकिन्छ । यसलाई राति सेवन गर्नाले पाचनसंग सम्बन्धित समस्या उत्पन्न हन्छ । राति काँक्रो सेवन गर्नाले पेट भारी हुन थाल्छ । कब्जियत, अपच र ब्लोटिङको समस्या हुन्छ । त्यसैले काँक्रो दिउसो मात्र सेवन गर्नु पर्छ ।

निद्रामा असर

यदि राति काँक्रो खानु हुन्छ भने आनन्दले निदाउन गाह्रो हुन्छ । राति काँक्रो सेवनले पेट भारी हुने भएकाले पल्टिन र निदाउन गाह्रो हुन्छ । यसबाहेक पाचन खराब हुनाले ग्यासको समस्या हुन्छ र राम्रोसंग सुत्न सकिँदैन । त्यस्तै राति काँक्रो सेवनले पटक पटक पिसाब लाग्छ र सुत्न डिस्टर्ब हुन्छ ।

दिउँसो खानु पर्छ काँक्रो

प्रायः सबै स्वास्थ्य विशेषज्ञले दिउँसोको समयमा मात्र काँक्रो सेवन गर्ने सल्लाह दिएका छन् । किनभने यसमा विभिन्न स्वास्थ्य लाभ जोडिएको छ । काँक्रो सेवनबाट वजन कम गर्न सहयोग प्राप्त हुन्छ । काँक्रोमा ९५ प्रतिशत पानी समावेश भएकाले शरीरलाई हाइड्रेट राख्छ । यसबाहेक रोग प्रतिरोधक क्षमता बढाउँछ, क्यान्सर हुनबाट बचाउँछ र हड्डि बलियो बनाउँछ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.