bardiyahospital

८ करोड रुपैयाँ लिएर २५ सेकेन्डको विज्ञापन खेल्दै जुनियर एनटिआर

Geruwa GIF

एजेन्सी । जुनियर एनटिआर यतिबेला चर्चामा छन्। ‘आरआरआर’ प्रदर्शन भएपछि उनको चर्चा बढ्दोक्रममा छ। उनलाई फिल्ममा मात्र नभई ब्रान्ड एम्बेसडरको पनि थुप्रै अफर आउन थालेको छ।

उनी हालै म्याकडोनाल्डको म्याकस्पाइसी चिकेन शेयरर्सको ब्रान्ड एम्बेसडर बनेका छन्। उनले यसबाट महंगो पारिश्रमिक लिएका छन्।

cld

२५ सेकेन्डको विज्ञापन खेल्न उनले ६ देखि ८ करोड भारू लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

ब्रान्ड एम्बेसडर बनेपछि उनले भने, ‘म म्याकडोनाल्डको म्याकस्पाइसी चिकेन शेयरर्सको ब्रान्ड एम्बेसडर बन्न पाउँदा निकै खुशी छु। यो आइकोनिक ब्रान्ड हो, जसलाई दुनियाँभरका लाखौं मान्छेले रूचाएका छन्। म सधैं शेयरिङमा विश्वास राख्छु। म्याकस्पाइसी चिकेन यसबारेमा भन्छ- नसम्झाउनुस्, शेयर गर्नू।’

जुनियर एनटिआर हाल फिल्म ‘देवरा’ को छायांकनमा व्यस्त छन्। फिल्ममा जाह्नवी कपूरको पनि मुख्य भूमिका रहनेछ।

यस्तै उनी ऋतिक रोशनको फिल्म ‘वार २’ बाट बलिउडमा डेब्यू गर्ने तयारीमा छन्।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.