bardiyahospital

बर्दियामा ३५ हजार हेक्टर जग्गाकाे धान बालि क्षति

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया । गत आईतबार देखिको अविरल बर्षा र डुवानले बर्दियाका कृषक मारमा परेका छन् । बर्ष भरी खानका लागि मात्र नभई उत्पादन भएको धान बेचेर गर्जो टार्ने कृषकहरु भने झनै मारेमा परेका छन् ।

बर्दियाका आठ ओटै स्थानीय तहमा पाकेर भित्र्याउन लागेको धान नोक्सान भएको छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लमा अविरल बर्षा र बाढिका कारण १० हजार हेक्टर काटिसकेको र २५ हजार २ सय हेक्टर खडा धान नोक्सान भएको छ । जसमध्ये राजापुर नगरपालिकामा १५ सय हेक्टर र गेरुवा गाउँपालिकामा १२ सय हेक्टर धान बाढीले बगाएको छ । बाढिले बगाएको धान कुनैपनि हालतमा बचाउन नसकिने अवस्थामा छ भने अरु ६ ओटा स्थानीय तहको धान अझैपनि आंशिक रुपमा सुरक्षित गर्न सकिन सम्भावना रहेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ ।

cld

बर्दिया जिल्लामा करिब ५० हजार २ सय ५० हेक्टरमा बर्षे धानबालि लगाईन्छ । जसमा गत बर्ष दुई लाख २६ हजार मेट्रिक टन धानको उत्पादन भएको अनुमान गरीएको थियो । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख बिनोद घिमिरेका अनुसार धान राम्रो फलेको हुनाले गत बर्षको भन्दा यस बर्ष धानको उत्पादन बढ्ने अनुमान गरीएको थियो तर यस बर्ष धान भित्र्याउने बेलामा परेको पानीले धानबालीको उत्पादन घट्ने निश्चित छ ।


अविरल बर्षाका कारण बर्दियामा मात्रै २० प्रतिशत धानबाली नोक्सान भएको प्रारम्भिक अनुमान गरीएको प्रमुख घिमिरेले बताए । उनले भने –‘हरेक स्थानीय तहको नोक्सानको तथ्याङ्क निकाल्नका लागि अध्ययन भईरहेको छ । प्रारम्भिक अनुमानमा २० प्रतिशतमा सम्म धानबाली नोक्सान भएको छ ।’ गत बर्षको धान उत्पादनको हिसाब गर्ने हो भने करिब ४५ हजार दुई सय मेट्रिक टन धान नोक्सान भएको छ ।
राजापुर नगरपालिका ३ चर्कापुरका चुलुवा थारुले लगाएको ५विगहा धान पुरै डुबेको बताए । उनले भने –’बर्ष भरी खाने छोरा छोरी पढाउने सबै धान बेचेर हो धान नै बगाएपछि के खाने कसरी घर खर्च चलाउने ।’ कृषि बाहेक आफ्नो कुनै पेशा नभएकोले राज्यले राहत तथा क्षतीपुर्ती दिनुपर्ने माग रहेको छ ।


राजापुर नगरपालिका १ कि५० बर्षिय नन्दनी थारुको धान आँगनमा थुपारेर राखेको थियो । मंगलबार राती आएको बाढीले उनको धान भिजे पछि बाला मै उम्रेको छ । धान सुकाउने ठाउँ छैन कहाँ सुकाउने र कसरी बचाउने । ‘१० कठ्ठाको धान मात्र आगनमा ल्याएको थिएँ बाँकी डेढ विगहाको धान त पुरै बाढिले बगायो । ’ उनले भनिन्–‘ धान लगाउँदा लागेको साहुको ऋण पनि तिर्न नसकिने भयो ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.