bardiyahospital

एसीसी यू-१६ मेन्स इस्टर्न रिजन कप-२०२३ को पहिलो खेलमा नेपाल विजयी

Geruwa GIF

काठमाडाैं । एसीसी यू-१६ मेन्स इस्टर्न रिजन कप-२०२३ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गरेको छ। नेपालले दिएको २७० रनको लक्ष्य पछ्याउने क्रममा थाइल्यान्ड ४४ रनमै समेटिएको हो। सन्तोष यादवले पाँच विकेट लिएपछि थाइल्यान्ड १३.२ ओभरमा अल आउट भएको हो।

थाइल्यान्डका लागि इसान बेनर्जीले १६ र दनुफन फङ्योनपिनितले १२ न बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् भने आठ खेलाडी शून्यमा आउट भए।

cld

नेपालका लागि सन्तोषले ३.२ ओभरमा आठ रन खर्चेर पाँच विकेट लिएका हुन्। त्यस्तै, अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाएर २६९ रन बनाएको थियो। नेपालका लागि प्रारम्भिक ब्याटर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए। त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे।

थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान दुई-दुई विकेट लिए भने सादा र पियावत नेद्रीले सामान एक-एक विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया र थाइल्यान्ड छन्। त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन्।

नेपालले दोस्रो खेलमा शुक्रबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.