bardiyahospital

आफू खुशी शुल्क नलिन सामुदायिक विद्यालयलाई बारबर्दियाकाे निर्देशन

Geruwa GIF

जाेधीराम थारु बारबर्दिया। बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूलाई आफू खुसी विद्यालय शुल्क नलिन निर्देशन दिएको छ । पालिकालाई आधारभूत तह अनिवार्य तथा निशुल्क र माध्यमिक तह (१‐१० कक्षासम्म) निशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले सूचना निकालेर कुनैपनि शुल्क नलिन निर्देशन दिएको हो ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा उल्लेख भएबमोजिम विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, कुनैपनि किसिमको परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क, अपाङ्गता भएका बालबालिकाको लागि पाठ्यसामाग्री शुल्क, पूर्वाधार निर्माण शुल्क, अतिरिक्त क्रियाकलाप सञ्चालन शुल्क, खेलकुद शुल्क, विज्ञान प्रयोगशाला शुल्क र कम्प्युटर ल्याव शुल्क आदिका नाममा शुल्क नलिन निर्देशन दिइएको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख टिकानाथ गोसाईले जानकारी दिनुभयो ।

cld

पालिकाले आर्थिक वर्ष २०८०-८१ मा समेत सशर्त अनुदानतर्फ २६ करोड २० लाख र आन्तरिक स्रोततर्फ शिक्षा, युवा तथा खेलकुद शाखामार्फत खर्च हुने गरी छ करोड २० लाख रुपियाँ विनियोजन गरिएको हुँदा कुनैपनि शुल्क लिनुपर्ने अवस्था नहुने प्रमुख गोसाईको भनाइ छ ।

साथै पालिकाले आधारभूत तह अनिवार्य तथा निशुल्क र माध्यमिक तह निशुल्क घोषणा कार्यान्वयनको लागि हरेक वर्ष कुल बजेटको २८ देखि ३२ प्रतिशतसम्म शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको प्रमुख गोसाईले जानकारी दिनुभयो ।

पालिकाले दिएको निर्देशन विपरित शुल्क लिइएको पाइएमा प्रचलित कानून बमोजिम कार्वाहीको चेतावनी दिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.