Krishnasar_Dubble Ad
Barista_Training

पालिका केन्द्र रहेको फोहर उठाउन व्यापारीको ध्यानाकर्षण पत्र

Geruwa GIF
Basgadhi PSA_final

गुलरिया । बढैयाताल गाउँपालिकाले पालिकाको केन्द्र रहेको मैनापोखर बजार क्षेत्रमा फोहर नउठाएको भन्दै बजार व्यवस्थापन समितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।
समितिले मैनापोखर बजारमा रहेको फोहर व्यवस्थापन नभएपछि पालिकालाई ध्यानाकर्षण पत्र बुझाएको बजार व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कोइरालाले जानकारी दिनुभयो ।
पालिकाले लामो समय देखि फोहर नउठाएकोले बजारमा जताततै फोहर देखिन थालेको छ भने कतिपयले बजार क्षेत्रमा नै फोहर जलाउँदा बजारमा वायु प्रदुषण हुने गरेको छ । यस अघि पनि पटक पटक फोहर व्यवस्थापनको बारेमा पालिकासँग छलफल भएको अध्यक्ष कोइरालले बताउनु भयो ।
उहाँले बजार क्षेत्रको फोहर समयमा उठ्न नसक्दा बजार दुर्गन्धित भएको बताउँदै पालिकाले यथाशीघ्र फोहर व्यवस्थापन नगरे अन्य विरोधको कार्यक्रम गर्न आफूहरु बाध्य हुने बताउनु भयो ।
पालिकाले २०७४ सालदेखि फोहर व्यवस्थापन गर्दै आएको थियो । तर विगत चार महिना देखि बजारको फोहर उठ्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page