Division forest_Ads
Barista_Training

बर्दियामा धानको विमा शुन्य

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया । यस बर्ष बेमौसमी बर्षात्का कारणले कृषि क्षेत्र तहस् नहस् बन्यो । धान खेती भित्र्याउने समयमा आएको हावाहुरी सहितको पानीले धान खेती गर्ने कृषकहरु निक्कै मारमा परेका छन् । ऋण गरेर, जग्गा भाडामा लिएर व्यवसायीक रुपमा खेती गर्ने कृषक मात्र नभएर साँझ विहान हात मुख जोड्नका लागि अधिँया बटैया गर्ने कृषकहरु समेत मारमा परेका छन् ।

के सरकारले यसको क्षतीपुर्ती देला त । त्यो हेर्दै गरौँला तर आफ्नो लगानी सुरक्षित गर्न बर्दियाका कृषकहरुले धानबालीको विमा भने गरेका  छैनन् ।
बर्दियामा धान खेती गर्ने कोही पनि कृषकले धानको विमा गरेका छैनन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा हुने जोखिमलाई न्युनीकरण तथा क्षतीको भरपाई गर्नका लागि नेपाल सरकारले ९ बर्ष अघि कृषि तथा पशुपन्छी बीमाको व्यवस्था गरेको थियो । प्राकृतिक विपत्ती, जंगली जनावर लगाएतका कारण खेतीबाली नोक्सानी भएमा बालि बिमाले नोक्सानीको भरपाई गर्ने थियो । तर बर्दियामा धानको बालि बिमा शुन्य रहेको छ ।

Basgadhi PSA_final

बर्दियामा कृषि तथा पशुपंक्षी विमा गर्ने जिम्मा पाएको एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.का अनुसार पशु पंक्षी र अन्य व्यवसायीक खेतीमा विमा हुने गरेपनि धान बालिको विमाका लागि कृषकहरु नआएको बर्दिया शाखाका शाखा प्रमुख सुशिलकुमार लामिछानेले बताए । उनले बैँक तथा वित्तिय संस्थामा कारोबार गर्दा बाध्यात्मक रुपमा विमा गरेपनि कृषकहरु अझै स्वस्फुर्त रुपमा विमा गर्न नआउने गरेको बताए ।

राजापुर नगरपालिका ७ का पहारी चौधरीले आँफु चाहेर पनि विमा गर्न नपाएको बताए । उनले भने – झन्झटिलो प्रक्रिया र विमा कम्पनी एक दुई जना कृषकलाई बालि विमा गर्न नआएको कारणले विमा गर्न पाएन ।’

कतिपय कृषकहरु विमा प्रति सचेत नै छैनन् । विमा गर्न चाहने कृषकहरुले पनि विमा गर्दा हुने झन्झटिलो प्रक्रियाले गर्दा विमा नगरेको पाईएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले कृषकहरुले बालि विमा झन्झटिलो प्रक्रिया भएको गुनासो गर्दै आएको बताए । उनले भने –‘नीतिगत समस्याका कारण कृषकहरु नै विमा गर्न आउँदैनन् । नीतिगत समस्या समाधान गरे बालि विमा गर्ने कृषक संख्या बढ्ने छन् । ’

Leave A Reply

Your email address will not be published.