bardiyahospital

रेखदेख र संरक्षण नहुँदा करोडौँको भवन अलपत्र

ठूलो लगानीमा बनेको संरचना अलपत्र परेको देख्दा स्थानीय निराश

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया । सिकलसेल रोगको उपचारका लागि निर्माण गरिएको करोडौँको भवन अलपत्र परेको छ । बारबर्दिया नगरपालिकाको मानपुर नजिक रहेको नगर अस्पताल को भवन उचित रेखदेख, संरक्षण र मर्मत सम्भारको अभावमा अलपत्र परेको हो ।

सिकलसेल रोगको उपचारका लागि अस्पताल सञ्चालन गर्ने भनेर पालिकाले सो भवन निर्माण गरेको थियो । एक बर्ष अघि निर्माण सम्पन्न भएर भवन हस्तारतण भएपनि पालिकाले चासो नदिँदा भवन अलपत्र परेको स्थानीयको भनाई छ । ठूलो लगानीमा बनेको संरचना अलपत्र परेको देख्दा स्थानीय निराश देखिन्छन् ।

cld

चार करोड २० लाख रुपैयाँ लागतमा बनेको भवनको उचित रेखदेख र संरक्षण नहुँदा भवनका झ्याल, ढोका र बिजुलीको सुइँचहरु तोडफोड भएका छन् भने रंगरोगन खुइलिएको छ ।

बारबर्दिया नगरपालिका वडा नं. १० का सुनिल थारुले आफ्नो नगरपालिकाले सिकलसेल अस्पताल बनाउदै छ भन्ने सुन्दा सुरुमा खुसी लागेको भएपनि अहिलेसम्म उपचार सेवा त परै जाओस् भवनको संरक्षण नभएको देख्दा दुःख लागेको बताउनु भयो । उहाँले छिटो उपचार सेवा सुरु भएमा आफू जस्तै सिकलसेलका बिरामीलाई सजिलो हुने बताउनु भयो ।

बारबर्दिया नगरपालिकाका निवर्तमान नगर प्रमुख दुर्गाबहादुर थारुले सिकलसेल रोगको उपचार केन्द्र (अस्पताल) बनाउनका लागि भवन निर्माण गरिएको भएपनि अहिले पालिकाले थप बजेट नछुट्याउदाँ अस्पताल सञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले आफू नगर प्रमुख हुदाँ सिकलसेल अस्पताल बनाउने उदेश्यले भवन निमार्ण गरेकोले यसको सञ्चालनको लागि संघ र प्रदेशसँग निरन्तर समन्वय गरिरहेको बताउनु भयो ।

बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारुले पालिकाले अलपत्र भवनको उचित रेखदेख र संरक्षण गर्ने बताउनु भयो । उहाँले अस्पताल भवनको संरक्षणका लागि स्थानीयबासी र प्रहरीसँग समन्वय भैरहेको जानकारी दिनुभयो ।

यसै बर्षबाट १५ शैयाको अस्पताल सञ्चालन गर्ने तयारी भैरहेको बताउँदै नगरप्रमुख थारुले यसका लागि पालिकाले आफैले मात्र अस्पताल सञ्चालन गर्न सम्भव नभएकोले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको बताउनु भयोे । उहाले भन्नुभयो, ‘सरकारका मन्त्री र सचिव सकारात्मक हुनुहुन्छ, त्यसकारण छिटै अस्पताल सञ्चालन हुनेमा विश्वस्त छौँ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.