Division forest_Ads
Barista_Training

जंगली जनावरबाट हुने क्षती कम गर्न विद्युतीय तारबार

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । जंगली जनावरका कारण हुने गरेको मानवीय र धनजनको क्षती कम गर्न तारबार गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाले एक हजार पाँच सय मिटर विद्युतीय तार सहितको तारवार गरेको हो ।

प्रत्येक बर्ष सामूदायिक वनसँग जोडिएका बस्तीमा जंगली जनावर सजिलै आवतजावत हुदाँ मानवीय, पशुपक्षी र अन्नबालीको क्षति हुने गरेको छ । जंगली जनावरले घर पालुवा जनावर खसीबाख्रा, गाईगोरु, भैसी सुगुर बँगुर मार्ने र घाइते बनाउने, अन्नबाली खाने र नष्ट गर्ने गरेका छन् ।

Basgadhi PSA_final

गाँउघरमा सजिलै जनावर प्रवेश गर्दा मानव र वन्यजन्तु बीचमा द्वन्द्व हुने गर्दछ । मावन वन्य जन्तुको बीचमा हुने द्वन्द्व न्युनिकरण गर्न डिभिजन वन कार्यालयले मधुवन १ भुलनीभटुवा सामूदायिक वनमा नौ सय मिटर र फर्दङ्गा सामूदायिक वनमा ५ सय मिटर तारवार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । जंगली जनावरका कारण हुने मानवीय र धनजनको क्षति कम हुने तारबारले काम गर्ने विश्वास कार्यालयले लिएको छ ।

गाउँवस्तीमा जंगली जनावर पसेर हुने हानी नोक्सानी कम गर्न ४० लाख ७९ हजार २ सय ७० रुपैयाँको लागतमा तारबार गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण विडारीले बताउनु भयो । उहाँले सोलारबाट करेन्ट प्रभाव गरेर तारवार गरिएको हुँदा सजिलै जंगली जनावर सजिलै गाँउबस्तीमा पस्न नसक्ने दावी गर्नुभयो ।

डिभिजन वन कार्यालयले गरेको तारबारले जंगली जनावर गाँउमा आउनबाट रोकिने स्थानीय सीमा चौधरीले बताउनु भयो । तारबारले केही भए पनि राहत भएको र अझ बस्तीलाई सुरक्षित राख्न चारैतिर सामूदायिक वनलाई तारबार गर्नु पर्ने बताउनु भयो । उहाँले वनका कारण पर्यटक आउनु फाइदा भए पनि कहिलेकाँही जंगली हात्ती बाघ गैडाका कारण मानिसहरु पनि असुरक्षित हुुने गरेको बताउनु भयो ।

सरकारले मानव र जनावरको बीचमा हुने द्धन्द्ध रोक्नका तारवार गर्ने, जंगलसँगको निर्भरता कर्म गर्ने कार्यक्रम कम गर्ने गर्नु पर्ने देखिन्छ । ।

Leave A Reply

Your email address will not be published.