Division forest_Ads
Barista_Training

शिक्षा विधेयकको विरोधमा धर्ना

Geruwa GIF


प्रकाश पौडेल गुलरिया सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक प्रति असनतुष्टी जनाउदै शिक्षकहरू धर्नामा  बसेका छन् । नेपाल शिक्षक महासंघ बर्दियाको नेतृत्वमा शिक्षा विकास तथा  समन्वय इकाइको शिक्षकहरू धर्नामा बसेको हुन् ।
हालै सार्वजनिक भएको ‘विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा  रहेको केही दफाहरुले संविधान दिएको ट्रेड युनियन अधिकार र शिक्षक कर्मचारीको पेसागत सुरक्षा र हकहित विपरित रहेको भन्दै शिक्षकहरू धर्नामा बसेका हुन ।
त्यसैगरी मस्यौदाले स्थायी, अस्थायी / करार, राहत, साविक उमावि, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालयको कर्मचारीको धेरै मागको बेवास्ता गरेको नेपाल शिक्षक महासंघ बर्दियाका अध्यक्ष कृष्णराज शर्माले बताउनु भयो । उहाँले सरकारले ल्याउन लागेको मस्यौदामा रहेका शिक्षा, शिक्षक र कर्मचारीहरूका हित विपरितका दफाहरू परिवर्तन गरेर उनीहरु मैत्री ऐन ल्याउनु पर्नेमा जोड दिनु भयो ।

Basgadhi PSA_final


नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बर्दियाका अध्यक्ष भक्तिसागर रेग्मीले  लामो समय देखि शिक्षा क्षेत्रमा रहेका विविध प्रकारका समस्याहरूको निराकरणको लागि हामी खोजेको शिक्षा ऐन चाँडै जारी गर्नका लागि सरकारसँग माग राखिरहेको बताउँदै हाल आएको शिक्षा ऐनको मस्यौदाले ति माग सम्बोधन नगरेको हुनाले धर्ना बस्नु परेको बताउनु भयो । उहाँले सञ्चार माध्यममा आएको विधेयकको ड्राफ्टले संशकित बनाएको र विभिन्न नाममा शिक्षकमा राख्दा शिक्षणमा असर परेको  बताउनु भयो ।


नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष माधव प्रसाद ढकालले नेपाल सरकारले शैक्षिक क्षेत्रलाई लथालिङ्ग भताभुङ्ग बनाउने गलत मनसायको साथ मन्त्री परिषद्बाट पास गरिएको भनिएको डाफ्टमा आम शिक्षकहरूको हकहितको निम्ति नभएको शिक्षा क्षेत्र तहस नहस हुने सम्भावना देखेको कारण पूर्व खबरदारीको रुपमा यो आन्दोलनको कार्यक्रम गरिएको बताउनु भयो ।
हाम्रो आन्दोलनको कार्यक्रमलाई व्यवस्था गरेमा नेपाल सरकारले आफ्नो गतिविधि सुधार गरेर अगाडि नजाने हो भने अग्रगामी दिनमा अझ कडा आन्दोलनका कार्यक्रम गर्ने अध्यक्ष ढकालले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.