bardiyahospital

करुवा चौथका व्रतालुलाई कपडा र भाँडा वितरण

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं २ कार्यालयले मधेशी समुदायको महिलाहरुले मनाउने करुवा चौथ पर्वको लागि नयाँ कपडा र लोटा वितरण गरेको छ । करुवा चौथको व्रत बस्ने मधेशी समुदायका महिलाहरुको लागि चोखो कपडा धोती(साडी), व्लाउज र पेटिको सँगै पुजाको समयमा आश्यक पर्ने भाँडा (लोटा) वितरण गरीएको हो ।

cld

करुवा चौध मधेशी समुदायका महिलाहरुले श्रीमान्को दिर्घायुको कामना गर्दै दिनभरी पानी नपिई बस्ने ब्रत हो । दिनभरी ब्रत बसेर चन्द्रमा उदाएपछि चन्द्रको पुजा गर्ने चलन रहेको छ । पुजा गर्ने बेलामा नयाँ चोखो कपडा लगाएर पुजा गर्ने परम्परा रहेको छ । मधेशी समुदायका महिलाहरु करुवा चौथमा पानी समेत व्रत बसी गरी खाना खाने चलन छ ।


चोखो कपडाको अभावमा कुनैपनि मधेशी महिलाहरु ब्रत बस्नबाट वञ्चित नहुन् भनेर नयाँ कपडा वितरण गरीएको गुलरिया नगरपालिका २ नं वडाका वडाध्यक्ष टंकप्रसाद अधिकारीले बताए । उनले भने –‘यस वडाका कतिपय महिलाहरु चाडवाडको समयमा नयाँ कपडा किनेर लगाउन नसक्ने आर्थिक अवस्था भएका छन् त्यसैले यो चाडको अवसरमा तिन बर्ष यता नयाँ कपडा वितरण गरीरहेका छौँ ।’ वडा नं २ ले ३ सय ५९ भन्दा बढि व्रतालुको लागि कपडा र भाँडा वितरण गरेको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.