Division forest_Ads
Barista_Training

प्रभावकारी बन्दै ‘छोरी बचाउ’ कार्यक्रम

वालविवाह, छोरा र छोरीहरुमा गरिने विभेद र छोरी भएकै कारण गरिने गर्भपतनमा कमी ल्याउने उद्देश्य

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया । गेरुवा गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘छोरी बचाउ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले २०७४ सालदेखि सञ्चालन गरेको यस कार्यक्रम प्रभावकारी देखिएको हो ।

गाँउपालिकाले स्थापनाकाल देखि नै बालबचाउ, बालसंरक्षण, बालविकास, बालसहभागिता अन्तरगतका बालअधिकारहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने क्रममा ‘छोरी बचाउ’ कार्यक्रम लागु गरेको थियो । वालविवाह न्यूनिकरण, समाजमा विद्यमान छोरा र छोरीहरुमा गरिने विभेद न्युनीकरण र छोरी भएकै कारण गरिने गर्भपतनमा कमी ल्याउने उद्देश्यले ‘छोरी बचाउ’ कार्यक्रम लागु गरिएको गाउँपालिकाका अध्यक्ष जमानसिंह के.सी.ले बताउनु भयो ।

उहाँले विशेषगरी छोरीहरुलाई प्रोत्ससाहन गर्ने उदेश्यका साथ छोरी बचाउ कार्यक्रम कार्यविधि नै बनाएर शुरु गरिएको र यसको प्रभाव सकारात्मक रहेको बताउनु भयो । अध्यक्ष के.सी.ले भन्नुभयो, ‘जानेर वा नजानेर छोरीलाई बोझ ठान्ने मानिसको धारणामा परिवर्तन आएको र छोरीलाई समयानुसार दक्ष एंव शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास भएको भएको छ । यो कार्यक्रमको सकारात्मक प्रभाव हो ।’ विवाह दर्ता, बावुआमाको नागरिकता, छोरीको खोप कार्ड, छोरीको जन्मदर्ता समेत पुष्टि गर्ने कागजात संकलन गरिने भएको हुनाले ब्यक्तिगत घटना दर्ता समयमा हुने परिस्थिति बनेको अध्यक्ष के.सी.को भनाई छ ।

Basgadhi PSA_final

छोरी बचाउ कार्यक्रममा समावेश हुनका लागि आमाबाबुको विवाह दर्ता, नागरिकता प्रमाण पत्र, जन्मदर्ता, खोप कार्ड, जन्मिएका छोरीहरुको बैंक खाता नं. र सम्बन्धित वडा कार्यालयको सिफारिश सहित निवेदन दिनुपर्ने हुन्छ । पेश भएमा कार्यविधि अनुसार एक पटकका लागि गाउँपालिकाले छोरीहरुकै नाममा रहेको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था रहेको सहायक महिला विकास निरिक्षक रमा पुनमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक बर्ष २०७४÷०७५ देखि २०७८÷०७९ सम्म प्रोत्साहन रकम दुई हजार रुपैयाँ दिँदै आएकोमा आर्थिक बर्ष २०७९÷०८० देखि वृद्धि गरेर पाँच हजार पुर्याइएको छ ।

गाउँपालिकाका ७ वटा वडाका ५०३ जना छोरीहरु हालसम्म यस कार्यक्रममा समावेश भएको महिला विकास निरिक्षक पुनले जानकारी दिनु भयो ।

आर्थिक बर्ष २०७४÷७५ मा १४६ जना, २०७५÷७६ मा ८९ जना, २०७६÷७७मा ४१जना, २०७७÷७८ मा ५७ जना, २०७८÷७९ मा ४२ जना र २०७९÷८०मा १२८ जना छोरी गरी ५०३ जना छोरीहरु यो कार्यक्रमबाट लाभान्वित भएको गेरुवा गाउँपालिकाले जनाएको छ ।

बालविवाह गरेका आमा बुवाबाट जन्मेका छोरीहरुलाई भने यो सुविधाबाट बञ्चित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.