Division forest_Ads
Edu_Barabardiya

धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या

Bidhut Notice
Geruwa GIF

ज्ञानेन्द्र पोखरेल,बढैयाताल ।

Basgadhi PSA_final

बर्दियामा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेको आरोपमा बढैयाताल गाउँपालिका –१ सानो डाँफेका ५० वर्षीय कृपाल सुनार पक्राउ परेका छन् । उनले आफ्नै श्रीमती ४० बर्षिया केश कुमारी वि.क.को हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो करिब २ बजेको समयमा घर देखि करिब ५ सय मिटर टाढा जुहारीलाल एरीको धान खेतमा घाँस काटिरहेको समयमा श्रीमान सुनारले केशकुमारीलाई धारीलो हतियार प्रहार गरेका थिए । सुरुमा धारिलो हतियार प्रयोग गरेको भएपनि खेतमा भएको पानीमा पछाडिबाट थिचेर हत्या गरेको घटना स्थलमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए ।

धान खेतमा करिब ४ इन्च जति पानी छ । प्रहरी नायब उपरीक्षक बोहराले भने –‘सुरुमा घाँटि काटेर पछि पानीमा डुबाएर थिचेको घटनास्थलमा देखिएको छ ।’ घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेर श्रीमान् सुनारलाई पक्राउ गरेको छ ।
घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । श्रीमान सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.