Division forest_Ads
Edu_Barabardiya

कर्तव्य ज्यान मुद्दाका कैदी कारागारबाट फरार

Bidhut Notice
Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया। बर्दिया कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा विगत एक बर्ष देखि कैद भुक्तान गरीरहेका ठाकुरबाबा नगरपालिका –८ का २७ बर्षिय अजित बुढाक्षेत्री बर्दिया कारागारबाट फरार भएका हुन् ।

Basgadhi PSA_final

उनी आईतबार विहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष वि.क.ले बताउनु भयो । उहाँका अनुसार बुढाक्षेत्री गत एक बर्ष देखि बर्दिया कारागारमा कैद भुक्तान गरीरहेका थिए ।

अनुसन्धानको क्रममा बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार भएको जानकारी पाउना साथ जिल्लाका विभिन्न स्थान र सीमावर्ती क्षेत्रमा खोज तलासका लागि प्रहरी टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिरराज शाहीले फरार भएको थाहा पाउनसाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए । उहाँले भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बलसँग समन्वय गरी हुलिया समेत पठाईएको जानकारी दिनुभयो । बर्दिया जिल्लाका छिमेकी जिल्लाहरुमा समेत हुलिया पठाएर खोजीकार्य गरेको उहाँले बताउनु भयो ।
२०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा पक्राउ परेका थिए । अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत बर्ष पक्राउ परी कैद भुक्तान गरिरहेका थिए । उनलाई अदालतले ३० बर्षको कैद सजाय फैसला गरेको थियो ।

Leave A Reply

Your email address will not be published.