bardiyahospital

एमाले पालिका अधिवेशन : गुलरिया र बारबर्दियामा सर्वसम्मत नेतृत्व चयन (नामावली सहित)

Geruwa GIF

बर्दिया (गुलरिया)। नेकपा एमाले बर्दियाको मंगलबारदेखि सुरु भएको पालिका अधिबेशन अन्र्तगत मंगलबार रातीसम्म दुई स्थानीय तहको नेतृत्व सर्वसम्मत टुंगो लागेको छ ।
जिल्लाका ८ वटा पालिका मध्ये ६ वटा पालिकामा अधिवेशन भएको छ । जसमध्ये दुईवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले केन्द्रीय सदस्य एंव बर्दिया जिल्ला इञ्चार्ज लक्ष्मणराज ज्ञवालीले जानकारी दिनुभयो ।

cld

जिल्लाको सदरमुकाम समेत रहेको गुलरिया नगरपालिकामा अमरबहादुर खड्का अध्यक्ष र सचिवमा रुद्रप्रसाद अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । बारबर्दिया नगरपालिकामा जगन्ननाथ कँडेल अध्यक्ष र बलबहादुर परियार सचिवमा चयन हुनुभएको छ ।

अधिवेशन शुरु भएका बाँकी चारवटा पालिकाहरु ठाकुरबाबा, मधुवन, बाँसगढी र बढैयाताल मा सर्वसम्मतको प्रयास भैरहेको जिल्ला इञ्चार्ज ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार नेतृत्व चयनमा सर्वसम्मत भएपनि वा निर्वाचनमै गएपनि आज नै नेतृत्व चयान हुने छ ।

अधिवेशन शुरु भएर सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भएपनि आकांक्षीहरु पछि नहटेपछि आज बिहानैबाट अध्यक्ष मण्डलले सर्वसम्मतको प्रयास गरिरहेको र सहमतिमै नेतृत्व चयन हुने नेकपा एमाले बर्दिया जिल्ला कमिटिका सचिव पदम ढकालले जानकारी दिनुभयो ।

सकरभर सर्वसम्मत नेतृत्व चयन गर्ने मनसायमा नेतृत्व रहेकाले छिट्टै टुंगो लाग्ने एक नेताको भनाई छ ।

बाढीका कारण प्रभावित बनेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा भने अधिवेशन आगामी पन्ध्र गते हुने छ ।

गुलरिया नगरपालिका
अध्यक्ष : अमरबहादुर खड्का
उपाध्यक्ष : चुडामडी भण्डारी
सचिव : रुद्रप्रसाद अधीकारी
उप सचिव : सर्वजित यादव
उपसचिव : राधिका पौडेल

बारबर्दिया नगरपालिका
अध्यक्ष : जगन्ननाथ कँडेल
उपाध्यक्ष : भागिराम थारु
सचिव : वलबहादुर परियार
उपसचिव : पुष्पा वली
उपसचिव : यशु के.सी.

online dubble sclaed
Leave A Reply

Your email address will not be published.