bardiyahospital

शैक्षिक संस्थामा बढ्दै साइकल चोरीका घटना

पछिल्लो एकबर्षमा मात्रै गुलरिया क्षेत्रभित्रका विद्यालयहरुबाट ४० वटा साइकल चोरी भए

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । राधाकृष्ण थारु बगलामुखी माध्यामिक विद्यालय गुलरियामा कक्षा ७ मा पढ्ने विद्यार्थी प्रकाश ताउलेको साइकल गत भदौ २४ गते विद्यालय हाताभित्रै रहेको पार्किङ्ग स्थलबाट चोरी भयो । साइकल पार्किङ्ग स्थलमा राखेर कक्षा कोठामा पढ्न जानुभएका ताउलेको विद्यालय छुट्टि भएर घर फर्किने बेला त्यहाँ उहाँको साइकल थिएन ।

गुलरिया नगरपालिका वडा–९ टेपरी घर भएका ताउलेको घरबाट विद्यालय करिब ४ किलोमिटरको दुरीमा पर्छ । ताउले भन्नुहुन्छ, ‘साइकल नहुदाँ दैनिक २ घण्टा हिड्नु पर्छ । साइकल चोरी भएको दिन घरमा बुवाआमाले साइकल राम्रोसँग राख्न नसकेको भन्दै गाली गर्नु भयो । अर्को साइकल किन्न पैसा छैन । अहिले विद्यालय आउजाउ गर्न समस्या भएको छ ।’

cld

ताउलेको साइकल चोरी भएपछि उहाँ प्रायः विद्यालय हिडेर आउनुहुन्छ । उहाँलाई कहिलेकाहीँ विद्यालय आउदाँ ढिलो हुन्छ । जसले गर्दा पठनपाठनमा असर पुग्ने गरेको छ ।

पछिल्ला दिनमा गुलरिया नगरपालिका भित्र रहेका विद्यालय तथा क्याम्पसबाट विद्यार्थीको साइकल चोरी हुने क्रम बढेको छ । विद्यालयमा पठनपाठन हुने समयमा साइकल चोरी हुने गरेको हो ।

भदौ २४ गते नै गुलरिया नगरपालिकासँग सिमाना जोडिएको मधुवन नगरपालिका –९ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पूर्णपुरका विद्यार्थी भीमबहादुर तिरुवाको साइकल विद्यालयबाट चोरी भएको विद्यालयका प्राध्नाध्यापक थीरबहादुर वलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा रहेको सिसीटिभीमा हेर्दा चोरले मुखमा रुमाल बाधेको र क्याप लगाएको थियो । जसको कारण चोरको पहिचान हुन सकेन ।’

गुलरियामा रहेको बबई बहुमुखी क्याम्पस गुलरियामा अध्ययनरत विद्यार्थी वारिस अलिको साइकल भदौ २१ गते चोरी भयो । साइकल पार्किङ्ग स्थलमा साइकल राखेर पढ्न गएको थिएँ । नास्ता खाना जादाँ पार्किङ्ग स्थलमा साइकल थिएन अलिले कृष्णसार अनलाइनलाइ भन्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीहरु कक्षाकोठामा पढिरहेको समयमा चोर क्याम्पसमा प्रवेश गरेर साइकल लगेको सिसीटिभीमा प्रष्ट देखिएको देखिएको छ ।’

शैक्षिक संस्थामा हुने साइकल चोरीका घटनाहरु बढे पनि नियन्त्रणका लागि खासै प्रभावकारी काम भने हुन सकेको छैन । विद्यालयबाट साइकल चोरी हुने क्रम बढेको भन्ने बारेमा आफूलाई जानकारी नआएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिस यादवले बताउनु भयो ।

पछिल्लो एक बर्षमा राधाकृष्ण थारु बगलामुखी माध्यामिक विद्यालयबाट मात्रै १७ वटा साइकल चोरी भएको प्राधानाध्यापक मतीराम शर्माले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘विद्यालयको विभिन्न स्थानमा सिसीटिभी जडान गरिएको छ । चोरले क्याप, माक्स लगाउने र मुख छोप्ने कारण चोरको पहिचान हुन सकेको छैन् । साइकल चोरीको विषयमा प्रहरीलाई उजुरी दिए पनि हालसम्म चोर पर्न सकेको छैन् । विद्यालयमा गेट बन्द भएपनि हाफटाइममा लगायत अन्य समयमा गेट खुलेको अवस्थामा चोरी हुने गरेको छ ।’ उहाँ भन्नुहुन्छ, ‘विद्यालयमा सिसीटिभी कहाँ छ ? कहाँको गेट कति बेला खुल्छ ? कहाँबाट विद्यालय प्रवेश गर्ने ? जस्ता पूर्व तयारी गरेर चोरी भएकाे देखिन्छ ।

साइकल चोरीको श्रुङ्खला हेर्दा चोरले प्रायः भिडभाड हुने र मानिसहरुको आवाजावत बढी हुने विद्यालयबाट चोरी गरेको पाइएकाे छ । केही विद्यालयले चोरी नियन्त्रणका लागि पर्खाल लगाउने, सिसीटिभी जडान गर्ने, विद्यालयमा सुरक्षा गार्ड राख्ने काम गरे पनि चारी नियन्त्रणा हुन सकेकाे छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोेहराले विद्यालयमा साइकल चोरीको घटना प्रहरीमा कार्यालय सम्म खासै नआउने गरेको बताउनु भयो । उहाँले गुलरिया नगरपालिकामा प्रहरीले ३ जनालाइ पक्राउ गरी मुद्धा चलाएको जानकारी दिनुभयो । उहाँले चोरी भएको साइकल सीमावर्ती भारतीय बजार बलैगाँउ, लौकाही लगायतका स्थानमा लगेर बेच्ने गरेकाे बताउनु भयो ।

प्रहरी नायब उपरीक्षक बोहराले   पक्राउ परेका चोरको गिरोह नभएको बताउनु भयो । उहाँले विद्यालयबाट हुने चोरी नियन्त्रण गर्न विद्यार्थीलाई साइकलमा ताला लगाउन लगाउने, विद्यालयको गेट बन्द गर्ने जस्ता अन्य सचेतना मूलक कार्यक्रम विद्यालयले सञ्चालन गर्न आग्रह गर्नु भयो ।

साइकल सबैको पहुँच पुग्ने सवारी साधन हो । त्यसकारण पनि विद्यालय र क्याम्पस पढ्ने अधिकांश विद्याथीले साइकल प्रयोग गर्छन् । विद्यालय लिएर गएको साइकल चोरी भएपछि विद्यार्थी निराश हुँदै घर फर्किनु पर्ने बाध्यता रहेको विद्यार्थी बबई बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी राम भण्डारीले बताउनु भयो । कतिपय विद्यार्थीहरुले साइकल विना घर फकिदाँ तनाब भोग्नु परेको उहाँको भनाई छ ।

गुलरिया नगरपालिकभित्र रहेका क्याम्पस र माध्यामिक विद्यालयबाट मात्र १ वर्षको अन्तरालमा ४१ वटा भएको साइकल चोरीको भएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.