Division forest_Ads
Barista_Training

जब्दीघाट पुल निर्माणका लागि पहल गर्छु : अध्यक्ष नेपाल

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । नेपाल कम्युनिष्ठ पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जब्दीपुलको काम २/३ महिनामा सुरु हुने बताउनु भयो । मेची–महाकाली समाजवादी जागरण अभियान अन्र्तगत आज विहान गुलरियामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपाल सो कुरा बताउनु भएको हो ।

जब्दीपुलको बारेमा आज बिहान पनि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको सचिवसँग कुरा भएको भन्दै २/३ महिनामा पुलको निर्माणको लागि प्रकृया अगाडी बढ्ने अध्यक्ष नेपालले बताउनु भयो । उहाँले जब्दीघाटमा रहेको पुल भन्दा करिब २/३ सय मिटर आसपास पुल निर्माणको काम अगाडी बढ्ने र यसका लागि आफूले पहल गर्ने बताउनु भयो ।

Basgadhi PSA_final

पत्रकार सम्मेलनमा बोल्र्दै अध्यक्ष नेपालले यहीँ सरकारलाई निरन्तरता दिर्दै विकास र सुशासनको काम अगाडी बढाउने बताउनु भयो । उहाँले चोरैतिर भ्रष्टाचार, कुशासन बढेको भन्दै यो अभियानले भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कार्यम गर्न, जनतामा रहेका निराशालाई आशाको सञ्चार गराउने उदेश्य रहेको बताउनु भयो । उहाँले गरिवका छोराछोरी विदेश कमाउन जानुपर्ने बाध्यता रहेकोमा चिन्त्ता प्रकट गर्नुभयो । सरकारलाई देशमा देखा परेको आर्थिक समस्या, बेरोजगारीको अन्त्य गर्न, योजना बनाएर काम गर्नुपर्ने भन्दै पार्टीले सरकारलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष नेपालले बताउनु भयो । उहाँले पार्टीले बुझाएको ज्ञापन पत्रमा सरकारको व्याजदर घटाउने, राष्ट्रिय पुर्जीको बिकास गर्ने, उद्योग स्थापना गर्न माग गरिएको बताउनु भयो । उहाँले देशलाई बढेको भ्रष्टचार र कुशासनको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टीका उप महासचिव जगन्नाथ खतिवडाले यो समाजवादी जागरण अभियान राष्ट्रियताको जागरण, भ्रष्टाचार विरुद्धको जागरण, पार्टी निर्माणको जागरण भएको बताउनु भयो । उहाँले गरिवी, अशिक्षा, रोग, भोकले देश थिलोथिलो भएको र बेरोजगारीको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले देशभित्र देखा परेका तमाम समस्याको समाधधान गर्न पनि यो अभियानको उदेश्य रहेको बताउनु भयो ।

असोज १४ गते झापाको काँकरभिट्टाबाट सुरु भएको मेची– महाकाली जागरण अभियान असोज २७ गते सुर्खेत समापन हुनेछ ।

Leave A Reply

Your email address will not be published.