bardiyahospital

बढैयातालका शिक्षा शाखा प्रमुख र प्राविधिक सहायकको विद्यालयलाई आदेश, हामीले लेखेको किताब अनिवार्य किन्नु

रकम भुक्तानी लिन पुस्तक पसलको विल प्रयोग

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिका भित्रका विद्यालयहरुलाई शिक्षा शाखा प्रमुखले आफैले लेखेको किताव अनिवार्य गरेका छन् । पालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाल र शिक्षा प्राविधिक सहायक धनबहादुर थापाले लेखेको सामान्य ज्ञान सम्बन्धी किताव विद्यालयलाई अनिवार्य खरीद गर्न लगाएका हुन् ।

शाखा प्रमुख ढकाल र प्राविधिक सहायक थापाले चालु आर्थिक वर्षमा सामान्य ज्ञान तथा बौद्धिक परीक्षण (कक्षा ९ देखी १२) र गत आर्थिक वर्षमा आधारभूत सामान्य ज्ञान पुस्तक (कक्षा ३ देखी १२) प्रकाशन गरेका थिए । आफ्ना दुई किताब खरिद गर्र्न सामुदायिक विद्यालय र निजी विद्यालयलाई ढकाल र थापाले दबाब दिदै आएका छन् । पुस्तकालय निर्माणको लागि विद्यालयमा आएको बजेटबाट विद्यालयहरुले सो किताब खरिद गर्ने गरेका छन् ।

cld

विद्यालय पुस्तकालयको लागि विद्यालय आफैँले आवश्यक किताब खरिद गर्न पाउने नियम रहेको छ । तर, शाखा प्रमुख ढकाल र प्राविधिक सहायक थापाले अनावश्यक दवाव सृजना गरी पालिका भित्र रहेका अधिकांश विद्यालयलाई किताब खरिद गर्न बाध्य बनाएको एक माध्यमिक विद्यालयका शिक्षकले जानकारी दिनु भयो । उहाँले आफ्नो विद्यलयले पैतालिस हजार रुपैया बराबरको सामान्य ज्ञान तथा बौद्धिक परीक्षण र आधारभूत सामान्य ज्ञान किताब खरिद गरेको बताउनु भयो ।

‘किताब ल्याएर शिक्षा शाखामा राखिएको थियो । प्रत्येक विद्यालयका प्रधानाध्यापक र नीजि विद्यालयका सञ्चालकलाई किताब खरिद गर्न फोन गरेर हुकुमी शैलीमा ढकाल र थापाले आदेश दिनु भयो, उहाँले भन्नुभयो, ‘जुन विद्यालयले किताब खरिद गर्न मान्दैन, त्यस विद्यालयलाई स‐सानो कुरामा पनि शिक्षा शाखा प्रमुख ढकालले अनावश्यक दुःख दिने भएकोले विद्यालयहरुले बाध्य भएर किताब खरिद गर्ने गरेको छन् ।’

पालिका भित्रका एक संस्थागत विद्यालयका सञ्चालकले भन्नुभयो, ‘शाखा प्रमुख र प्राविधिक सहायकले लेखेको किताब कुनै किन्नुपर्ने कामको नै छैन । किताबमा धेरै ठाउँमा अशुद्ध र गल्तिहरु छन् । शाखा प्रमुखले फोन गरेर विद्यालयमा मैले किताब पठाएको छु, खरिद गरेर सहयोग गरिदिनु होला भन्नुभयो । त्यसपछि बाध्य भएर खरिद गर्यौ‌।’

यसबारेमा शिक्षा शाखा प्रमुख ढकालले भने आफूले लेखेको किताब विद्यालयहरुले पुस्तक पसलबाट खरिद गरेको दावी गर्नुभयो । उहाँले बाँकी कुरा आफूलाई केही थाहा नभएको जिकिर गर्नुभयो । प्राविधिक सहायक थापाले भन्नुभयो, ‘किताब खरिद गर्न विद्यालयलाई आग्रह गरिएको हो । दवाव दिइएको होइन ।’

पालिका क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीहरूको आइ क्यु कमजोर रहेको बताउँदै प्राविधिक सहायक थापाले शाखा प्रमुख र आफूले लेखेको किताबले बिद्यार्थीको बौद्धिक क्षमतामा वृद्धि हुने दाबी गर्नुभयो । नौ देखि १२ कक्षसम्मका ५÷६ जना विद्यार्थीहरुले एउटा किताब पढ्न पुग्ने गरी विद्यालयलाई किताब खरिद गरिदिनु होस भनेर आग्रह गरेको थापाले बताउनु भयो ।
प्रत्येक विद्यालयमा पुुस्तकालयकाले लागि भनेर रकम छुट्टाइएको छ, त्यही रकम मध्ये १०÷१२ हजार रुपैयाँ  बराबरको किताब खरिद गरिदिन आग्रह गरेको थापाको भनाइ रहेको छ ।

बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले शिक्षा शाखा प्रमुख र प्राविधिक सहायकले विद्यालयमा किताब बेचेको बारेका कसैले नबताएकोले यस बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताउनु भयो ।

रकम भुक्तानी लिन पुस्तक पसलको विल प्रयोग
शाखा प्रमुख र प्राविधिक सहायकले विद्यालयलाई विक्रि गरेको किताबको रकम भुक्तानी लिन पालिकाभित्र सञ्चालनमा रहेको पुस्तक पसलको विल प्रयोग गरेको पाइएको छ । शाखा प्रमुखले पसल सञ्चालकलाई फोन गरेर खाली विल माग्ने गरेको पाइएको हो ।
स्रोत भन्छ, ‘माध्यामिक, आधारभूत, प्राथमिक, र संस्थागत विद्यालयलाई संख्या तोकेर नै किताब बेच्ने गरिएको छ । तर केही विद्यालयले किताब खरिद गरेको छैनन् । शिक्षा शाखा प्रमुख र प्राविधिक सहायकको काम पुस्तक बेच्ने नभएर शिक्षाको गुणस्तर सुधार गर्ने हो । तर, उहाँहरूले पदको दुरुपयोग गरेर पुस्तक बेच्नु भएको छ ।’

किताब विक्रि गरी रकम भुक्तानी लिन शाखा प्रमुखर र प्राविधिक सहायकले जुन पसलको विल प्रयोग गरेका छन् । त्यस पसलमा किताब नै छैन ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.