कृष्णसार अनलाइन, गुलरिया । पछिल्लो समय बढ्दै गरेको वेव सिरिज प्रतिको आकर्षणलाई मध्य नजर गर्दै सप्तरङ्गी बर्दियाले निर्माण गरेको सिरिज “रङ्ग”को आजबाट प्रणासर शुरु हुने भएको छ ।
सामाजिक र पारिवारिक यथार्थ कथावस्तुमा आधारित रहेर निर्माण गरिएको वेव सिरिजमा बर्दियाली कलाकारहरुको सशक्त र जिवन्त अभिनय रहेको छ । “रङ्ग” का परिकल्पनकार, लेखक तथा निर्देशक विष्णु थापा सरगमले पहिलो भागको प्रसारण सँगै सिरियल हरेक हप्ता सप्तरंगी मञ्च नामक युटुब च्यानलबाट नियमित प्रसारणमा आउने जानकारी दिनुभयो ।
भिडियाे हेर्नकाे लागि क्लिक गर्नुहाेस
उहाँले देशमा घटिरहेका विभिन्न विषय र परिवेश, समाजिक, पारिवारिक, आर्थिक तथा सत्य घटनालाई कथावस्तु बनाएर सिरिजका अन्य श्रृंखलाहरु निर्माण हुने बताउनु भयो । “रङ्ग” वेभ सिरिजले दर्शकलाई मनोरञ्जनका साथै सकारात्मक सन्देश प्रदान गर्ने आफूहरुको प्रमुख उदेश्य रहेको सप्तरंगी मञ्च बर्दियाका अध्यक्ष समेत रहनु भएका निर्देशक थापाले जानकारी दिनु भयो ।
बर्दिया तथा बाँकेका परिचित तथा नयाँ कलाकारहरुकोे वेव सिरियल “रङ्ग” मा अभिनय रहने छ । कलाकारहरु शम्भु सुनार, अस्मिता सानु, सिता थारु, मिलन बिक, सुनिता चौधरी, सावित्री थापा, प्रेम चौधरी, होम थापा, सन्तोष घर्ती, मिना बिष्ट, मिलन घर्ती, उषा परियार लगायतको अभियन रहने छ । सिरियलको छायांकन तथा सम्पादन प्रशान्त कान्छाले गर्नु भएको छ ।
यस सिरिजका कलाकारहरु चयनका लागि सप्तरङ्गी मञ्चले बर्दियाका विभिन्न स्थानीय तहरुमा गएर प्रतिस्पर्धाका आधारमा छनौट गरेको थियो । सिरिज प्रत्येक हप्ता शुक्रबार ८ बजे युट्युव च्यानल सप्तरङ्गी मञ्चबाट प्रसारण हुनेछ ।