HPV KHOP
Barista_Training

भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर २ मिनेटमा, कुन देशमा कति बजे ? (सूचीसहित)

Geruwa GIF

बर्दिया। तिहारअन्तर्गत मुख्य दिन आज शनिबार भाइटीका मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ । तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ ।

नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका लागि भने देशअनुसार फरक–फरक समयमा यसको उत्तम साइत हुने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।

Basgadhi PSA_final

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
कुन देशमा कति बजे भाइटीका लगाउने ?

Leave A Reply

Your email address will not be published.