HPV KHOP
Barista_Training

ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ

Geruwa GIF

विशाल बस्नेत, गुलरिया । प्रहरीले ब्राउन सुगर सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र कालिका तथा लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्जको सयुक्त टोलीले उनीहरुलाई बढैयाताल गाउँपालिका–७ स्थित भत्केको पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

Basgadhi PSA_final

पक्राउ पर्नेमा भारत बहराइच ठाना मोतीपुर बलेगाउँका १५ बर्षीय गुद्धु खाँ र मोतीपुर खमरीका २० बर्षीय निजामुद्दिन खाँ रहेका छन् । पलाष्टिकमा पुडिया बनाएर राखेको ४९.७० ग्राम ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताउनु भयो ।

पछिल्लो दिनमा प्रहरीको सक्रियता बढेसँग लागू औषध सहित पक्राउ पर्नेको संख्या बढेको छ । भारतीय सिमावर्ती क्षेत्रमा प्रहरीले चेकजाँचमा कडाई गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.