Division forest_Ads
Barista_Training

सिकलसेल जाँच गर्ने मेसिन मर्मत नहुदाँ स्थानीयलाई सास्ती  

Geruwa GIF

प्रकाश  पौडेल, गुलरिया । बाँसगढी नगरपालिकामा रहेको सिकलसेल एनिमिया तथा बिटा थालेसेमिया रोग जाँच गर्ने मेसिन बिग्रिँदा स्थानीय सास्ती भोग्नु परेको छ । नगरपालिकामा रहेको  सिकलसेल एनिमिया तथा बिटा थालसेमिया रोग जाँच गर्ने मेसिन बिग्रिएको करिब ४ वर्ष  हुदाँ पनि मर्मत हुन सकेको छैन् ।

स्थानीयलाई सिकलसेल एनिमिया तथा विटा थालसेमिया रोगको निःशुल्क जाँच गर्नका पालिकाले २०७६ मंसिर १८ लाख रुपैयाँमा मेसिन खरिद गरेर ल्याएको थियो । केही समय सञ्चालनमा आएर बिग्रिएको मेसिन हालसम्म मर्मत नहुदाँ स्थानीयले महँगो शुल्क तिरेर रोगको जाँच गर्नपर्ने बाध्यता रहेको छ ।  


आर्थिक वर्ष २०७९÷०८० मा  सिकलसेल एनिमिया तथा विटा थालसेमियाको  स्क्रिनिङ्ग तथा प्रेषण कार्यक्रम अन्र्तगत  बाँसगढी नगरपालिका– ८ लक्ष्मणा रहेको पूर्णहिरा माध्यमिक विद्यालयका चार सय जना विद्यार्थीको रगत संकलन गरी परिक्षण गर्दा ५८ जना ( १४.५०) प्रतिशतमा सिकलसेल तथा विटा थालसेमिया देखिएको छ ।  भने आर्थिक वर्ष २०७८÷०७९ मा दुई सय २५ जनाको  रगत परिक्षण गर्दा ४२ जना ( १९ प्रतिशतमा सिकलसेल एनिमिया तथा विटा थालेसेमिया देखिएको स्वास्थ्य कार्यालय बर्दियाका ल्याब टेक्निसियन निरीक्षक जीवन रजौरेले जानकारी दिनुभयो । उहाँले सिकलसेल एनिमिया र बिटा थालेसेमिया जाँच गर्दा अन्य समुदायका मानिसमा भन्दा थारू समुदायको मानिसमा बढी देखिएको बताउनु भयो ।

Basgadhi PSA_final


बाँसगढी नगरपालिका –२ बेतनीका २६ वर्षीय राज थारूले पालिकाले रहेको  मेसिन समयमा बन्न  नसक्नु दुःखद भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘ मेसिन समयमा मर्मत नहुदाँ मैले मँहग्रो शुल्कमा प्राइभेट क्लिनिकमा सिकलसेलको जाँच गरे ।’समयमा मेसिन मर्मत हुनुपर्ने भन्दै नगरप्रमुख र स्वास्थ्य शाखा प्रमुखको ध्यान आर्कषण गर्दा समेत खासै सुनवाई नभएको थारूले बताउनु भयो । 


त्यसैगरी बाँसगढी नगरपालिका सिताराम थारूले तत्काल बिग्रिएको मेसिन मर्मत गरी स्थानीयको निःशुल्क सिकलसेल एनिमियाको जाँच हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो–  ‘एउटा परिवारमा कसैलाई सिकलसेल एनिमिया तथा बिटा  थालेसेमिया छ , कसैलाई छैन् । त्यही भएर पालिकाले प्रत्येकको निःशुल्क जाँच गरेर कार्ड उपलब्ध गराउनु पर्छ । ’


बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले पालिकामा रहेका प्राविधिकले मेसिन मर्मत नगर्न नसकेर लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति विभागमा मेसिन मर्मतको  पठाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘मेसिन मर्मत गर्नका पठाइएको छ, मेसिन मर्मत भएर आउने बितीकै सिकलसेलथालेसेमियाको जाँच  पालिकाबाट  हुन्छ । ’ 


सामान्यता रातो रक्तकोषहरूको आयु एक सय २० दिनको हुन्छ । तर सिकलसेल एनिमिया भएपछि १५ देखि २० दिनसम्म रक्तकोषहरू नष्ट हुने गर्दछन् ।  छिटो छिटो रक्तकोषहरू नष्ट हुने हुदाँ शरीरमा रगतको कमी हुन्छ  जसलाई सिकलसेल एनिमिया भनिन्छ । भने शरीरमा रक्तकोषको राम्रोसँग विकास हुन नसक्दा देखा पर्ने रोग बिटा थालेसेमिया हो । यो रोग लागेपछि शरीरमा हेमोग्लोबिन गर्न सक्दैन । र शरीर रगत  बनाउन नसक्ने भएकोले  समयमा समयमा रगत दिएर यो रोगको उपचार गरिन्छ ।

Leave A Reply

Your email address will not be published.