प्रकाश पौडेल, गुलरिया । मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले पालिकाले प्रदान गर्ने सेवासुविधालाई प्रभावकारी र गुणस्तरीय बनाउन सरोकारवालासँग समन्यव र सहकार्य गर्ने बताउनु भयो । मधुवन नगरपालिकाको कार्यालयमा शुक्रबार भएको सामाजिक परीक्षणको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख भाटले सो कुरा बताउनु भएको हो ।
नगरपालिकाले प्रदान गर्ने सेवाको बारेमा पालिकाले प्रत्येक वर्ष सामाजिक परीक्षण गर्दै आएको छ । पालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाले दिने सेवा, विद्यालयको शैक्षिक गुणस्तर, कृषि शाखाले प्रदान गर्ने सेवा, पशु शाखाले प्रदान गर्ने सेवा, महिला तथा बालबालिका शाखा प्रदान गर्ने सेवा लगायतको बारेमा सामाजिक परीक्षण हुदै आएको छ ।
पालिकाले प्रदान गर्ने सेवासुविधालाई बिस्तार गरी नागरिकलाई सहज रुपमा सेवा दिने गरी पालिकाले काम गर्दै आएको नगरप्रमुख भाटले बताउनु भयो । उहाँले पालिकाको विकासको लागि राजनितिक दल, विभिन्न संघ÷संस्था व्यापारीले बुद्धिजिवी, लगायतसँग समन्वय र सहकार्य गर्दै जाने योजनामा पालिकाको रहेको बताउनु भयो ।
खुला सिमाना भएको कारण युवा विद्यार्र्थीहरु लागूऔषधको प्रयोग गर्दै गएकोले यो पालिकाको प्रमुख समस्या भएको नगरप्रमुख भाटले बताउनु भयो । उहाँले भन्नुभयो, –‘जबसम्म अभिभावक सचेत हुन्ुहुन्न तबसम्म लागू औषधको प्रयोग नियन्त्रण गर्न सकिदैन । अभिभावक सचेत हुने हो भने लागूऔषधको प्रयोग नियन्त्रण सम्भव छ ।
कार्यक्रमका बोल्दै उपप्रमुख अनिता चौधरीले पालिकाले प्रदान गर्ने सेवाको सन्दर्भका केही सुधार आएको र केही अझ सुधार गर्नुपर्ने सामाजिक परीक्षणको प्रतिवेदनमा देखिएको बताउनु भयो । उहाँले प्रतिवेदनमा देखिएको कमिकमजोरीलाई पालिकाले सुधार गर्दै जाने प्रतिवद्दता व्यक्त गर्नु भयो ।पालिका भित्र हुने विकास निर्माणको काममा कुनै कमिकमजोरी भएको जानकारी भएको भए आफूहरुसमम सो कुरा आए तत्कालकमजोरी हटाउने गरी काम गर्ने उपप्रमुख चौधरीले बताउनु भयो
मधुवन नगरपालिका प्रवक्ता मेकबहादुर गुरुङले पालिकाको विकासको लागि राजनितिक दल सामाजिक संघ÷संस्था लगायत सरोकारवाला सबैसँग सहकार्य गर्दै काम गर्दै आएको बताउनु भयो । उहाँले काम गर्दै जादाँ कुनै कमिकमजोरी हुन सक्छ, त्यसलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले पालिकामा सेवा प्रभावको देखिएको समस्याको बारेका स्टाफ बैठक कुरा राख्ने र सेवा प्रवाहलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउर्दै जाने बताउनु भयो । उहाँले सेवा लिन आउँदा हुने कामलाई तुरुन्त गरी दिने र नहुने काम भए के कारणले भएन भन्ने जानकारी प्रष्ट रुपमा राख्ने गरी काम गर्ने व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पालिका अपाङमैत्री नभएको, शैक्षिक गुणस्तर घटेको, कर्मचारी समयमा कार्यालय नआएको, विद्यालयमा अतिरित शुल्क तिर्नु पर्ने जस्ता कमिकमजोरी सामाजिक परीक्षणमा देखिएको थियो । भने कार्यक्रम सहभागी अधिकाशले पालिका भित्र रहेका युवा तथा बालबालिका लागू औषधको उच्च जोखिममा भएकोले पालिकाले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।