bardiyahospital

‘टुर दि ठाकुरद्वारा’ काे छैठाैँ संस्करण माघको तेस्रो साता

Geruwa GIF

नेपालगञ्ज ।  हरेक वर्ष आयोजना हुँदै आएको टुर दि ठाकुरद्वारा यस बर्ष पनि माघ २६ र २७ गते  हुने भएको छ । टुर दि ठाकुरद्वाराका लागि  ‘टुर दि ठाकुरद्वारा’को सचिवालय उद्घाटन गरिएको छ । सचिवालयको संघीय सांसद डा. धवलशमशेर राणाले उद्घाटन गर्नुभयाे। टुर दि ठाकुरद्वाराले बाँके र बर्दियामा रहेका धार्मिक, पर्यटकीय स्थल तथा संस्कृतिको प्रचारप्रसार गर्दै आएको भन्दै राणाले प्रशंसा गर्नुभयाे।

संघीय सांसद डा. राणाले नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकल यात्राजस्तै रारासम्म जाने गरी कार्यक्रम गराउन सके पर्यटन प्रवद्र्धनमा अझ टेवा पुग्ने बताउनु भयाे। टुर दि ठाकुरद्वाराको यो छैटौँ संस्करणमा नेपाल र भारतका गरी करिब ३ सय साइकल यात्रीको सहभागिता रहने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयाे । टुर दि ठाकुरद्वारा अघि नेपालगन्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स रेस, कन्जरभेसन टक, रक्तदान गर्ने कार्यक्रम रहेको छ ।

cld

टुर दि ठाकुरद्वारामा सहभागी हुन आएका नेपाल र भारतका प्रतिनिधिलाई नेपालगन्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, यहाँको रैथाने खाना खुवाउने, बर्दियामा थारू संस्कृतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

टुर दि ठाकुरद्वारामा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल हुने क्लबका निवर्तमान अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयाे। टुर दि ठाकुरद्वाराको पहिलो र दोस्रो संस्करणमा दुई जना अष्ट्रेलियन नागरिककाे सहभागिता रहेकाे थियाे ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.