Division forest_Ads
Barista_Training

बढैयातालमा महोत्सवको तयारी पुरा

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । प्रथम प्रादेशिक बढैयाताल कृषि, पर्यटन तथा औद्योगिक व्यापार तथा माघी महोत्सवको तयारी पुरा भएको छ । पुष २६ गतेबाट मैनापोखरमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको बढैयाताल उद्योग वाणिज्य संघले जनाएको हो । 


बढैयाताल गाउँपालिका रहेका पर्यटकीय क्षेत्र तथा कृषि उत्पादनको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले बताउनु भयो । उहाँले महोत्सवमा एक सय स्टल रहने तथा  एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने जानकारी दिनुभयो । 

Basgadhi PSA_final


अध्यक्ष लामिछाने भन्नुभयो, ‘महोत्सवभित्र राखिने स्टलमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता राखिने छ । कृषि स्टलहरू निःशुल्क राखिने व्यवस्थापन गरिने छ । महोत्सव हेर्न आउने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई निःशुल्क हेर्ने व्यवस्था गरिएको छ ।’


बढैयाताल गाउँपालिका क्षेत्रका पर्यटकीय स्थल बढैयाताल, बोकटियामा रहेको प्राचीन शिव मन्दिर लगायतका क्षेत्रको प्रचारप्रसार गरिने उद्योग व्यापार संघका महासचिव दीपक खनालले बताउनु भयो । उहाँले पालिका उत्पादन हुने, माछा, आलु, हिउँदे तरकारी तथा ढाकाका कपडा प्रचारप्रसार गर्नका साथै बजारिकरण गर्न पनि महोत्सवको आयोजना गरिएको बताउनु भयो । 


मैनापोखरमा हुने महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्न लागिएको छ । महोत्सवलाई थप आकर्षक  बनाउन राष्ट्रिय कलाकारहरू प्रस्तुति  रहने छ ।  महोत्सव पुष २६ गतेबाट माघ ७ सम्म सञ्चालन हुनेछ । 

Leave A Reply

Your email address will not be published.