Division forest_Ads
Barista_Training

दलित महिला र बालिकाको मानवअधिकार संरक्षणका लागि अन्तरक्रिया

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । दलित समुदायका महिलाहरूले जातिय, लैङ्गिक र बर्णीय विभेद भोग्नु परेको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताउनु भयो । दलित महिला संघको आयोजनामा पत्रकारसँग भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुनारले सो कुरा बताउनु भएको हो ।

दलित महिला र बालिकाको मानवअधिकार संरक्षणमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सुनारले दलित महिलाले भोग्नु परेका समस्याको बारेमा सञ्चारकर्मीले खोजमूलक पत्रकारिता गरी दलित महिलाका समस्यालाई बाहिर ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘दलित महिलालाई अनिवार्य चुनाव उठाउनु पर्ने कानुनी व्यवस्था भएपछि वडामा प्रतिनिधित्व भएको छ, तर वडा अध्यक्ष नहुदाँ दलित महिलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइदैँन । अझै पनि दलित महिला जनप्रतिनिधि कमजोर छन् भन्ने मानसिकताबाट समाज माथि उठ्न सकेको छैन् । समतामूलक समाज निर्माणको लागि सबै पक्ष समेटेर अगाडि बढ्नु पर्छ ।’

Basgadhi PSA_final

नेपाल टेलिभिजनका पत्रकार डिल प्रकाश गौतमले दलित महिलाले भोग्नु परेको समस्याका बारेमा पत्रकारले कलम चलाउँदै आएको र अझै चलाउँदै जाने बताउनु भयो । उहाँले दलित महिला, बालिका तथा जनप्रतिनिधिले कुनै समस्या भोग्नु परेको बारेमा जानकारी आएका सो विषयलाई समाचारको माध्यम बाहिर ल्याउन बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै पत्रकार दीपक शर्माले दलित महिला जनप्रतिनिधिको थप क्षमता विकास गर्न पालिका लगायत संघसंस्था आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिवृद्धिको तालिम दिनुपर्ने बताउनु भयो । उहाँले राजनीतिमा जस्तै शिक्षाका पनि दलित महिलाको उपस्थिति अनिवार्य हुने गरी शिक्षामा पहुँच अभिवृद्धि गर्नुपर्ने बताउनु भयो ।

दलित महिला संघले दलित महिला र बालिकाको क्षेत्रमा काम गदै आएको छ । देशका ६६ शाखा रहेको संघले राजनीतिक अधिकार, आर्थिक सशक्तिकरणको, मानव अधिकार तथा न्यायमा पहुँच, नेतृत्व विकास, सामाजिक न्यायका लगायतको पक्षमा काम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.