Division forest_Ads
Barista_Training

दाङका भएको बस दुर्घटनामा १२ जनाको मृत्यु २३ घाइते

Geruwa GIF

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका –१ भालुबाङ स्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादैँ गरेको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको हो ।

शुक्रबार राति साढे १० बजे नेपालगञ्जबाट काठमाडौं  जादैँ  गरेको भे १ख ३९१२ नम्बरको बस पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

Basgadhi PSA_final

दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जना मध्ये २ भारतीय नागरिक ८ जनाको सनाखत भएको छ । बाँकी २ जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको

मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरि नगरपालिकाका ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम , भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०÷३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दनाथ –९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट का २५ वर्षीय दीपक डाँगीको सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको बताउनु भयो।
बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ । बसमा ३५ जना यात्रु रहेको थिए , जसमध्ये २३ जना घाइते भएका छन् । घाइतेहरूका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.