HPV KHOP
Barista_Training

बाँसगढी महोत्सवको उद्घाटन भोलि मन्त्री खड्काले गर्ने 

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई व्यक्तिहरूलाई निःशुल्क

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । वाइ वाइ छैटौँ बाँसगढी औँद्योगिक कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सवको तयारी पुरा भएको छ । भोलिबाट सञ्चालन हुने महोत्सवको उद्घाटन  नेपाल सरकारमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले गर्ने बाँसगढी उद्योग वाणिज्य संघले जनाएको हो ।

जिल्लामा रहेका पर्यटकीय क्षेत्र तथा कृषि उत्पादनको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बदीनाथ बरालले बताउनु भयो । उहाँले महोत्सवमा एक सय २० स्टल रहने तथा  एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने जानकारी दिनुभयो ।
अध्यक्ष बराल भन्नुभयो, ‘ महोत्सवभित्र राखिने स्टलमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ । महोत्सव हेर्न आउने विद्यार्थीलाई टिकटमा ३० प्रतिशत छुट दिने  र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई व्यक्तिहरूलाई निःशुल्क महोत्सव हेर्ने व्यवस्था गरिएको छ ।’

Basgadhi PSA_final


जिल्लामा रहेको क्षेत्रका पर्यटकीय स्थल च्यामा ताल, सत्तखलुवा ताल बर्दिया राष्ट्रिय निकुञ्ज, केदारेश्वर धाम बढैयाताल, बोकटियामा रहेको प्राचीन शिव मन्दिर कृष्णसार  लगायतका क्षेत्रको प्रचारप्रसार गरिने अध्यक्ष बरालले बताउनु भयो । 


उद्योग व्यापार संघका महासचिव विकास गौतमले माघको ४ र ५ गते महोत्सवमा थारु नृत्य देखाउने र ६, ७ र ८ गते बालबालिकाका बीचमा बर्दिया आइडल नृत्य प्रतियोगिता सञ्चालन गरिने बताउनु भयो ।

महोत्सवले स्थानीय थारू कला संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारमा टेवा पुग्ने निवर्तमान अध्यक्ष रामसिंह थारूले बताउनु भयो । उहाँले  देशको विकास पर्यटनको उद्योगको महत्व छ, महोत्सवमा थारू परिकार, रहनसहन, कला संस्कृति देखाउने हुदाँ यसले पर्यटन उद्योगमा टेवा पुग्ने बताउनु भयो ।


बाँसगढीमा हुने हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार हुने आयोजकले विश्वास रहेको छ । साथै महोत्सवलाई थप आकर्षक  बनाउन राष्ट्रिय कलाकारहरू प्रस्तुति  रहने छ ।  महोत्सव पुष २९ गतेबाट माघ ९ सम्म सञ्चालन हुनेछ । 

Leave A Reply

Your email address will not be published.