Division forest_Ads
Barista_Training

पिकनिक हब बन्दै गेरुवाको ‘ओखरिया इन्टेक’

Geruwa GIF

सुदिप अधिकारी, बर्दिया । पछिल्लो समय गेरुवा गाउँपालिकामा रहेको ओखरिया इन्टेकमा पर्यटकको आर्कषण बढ्दै गएको छ । यो क्षेत्र अहिले पिकनिक हबका रूपमा परिचित हुँदै गएको छ ।

यस क्षेत्रमा जिल्लाका विभिन्न स्थानका साथै दाङ, बाँके, कैलाली र सुर्खेत जिल्लाबाट समेत रमाइलो तथा पिकनिकका लागि मानिस आउने गरेका छन् । पछिल्लो समय यहाँ पिकनिक खान आउनेको भिड नै लाग्ने गरेको छ ।

उत्तरतर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुलभन्दा केही तल गएपछि दुई भागमा छुट्टिन्छ । एकातिर कर्णाली गेरुवा र अर्कोतिर सत्तीघाट भएर बग्छ । कर्णाली नदीको यही दोभान क्षेत्र आखरिया इन्टेक अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । कर्णाली नदीको पानी गेरुवा र राजापुर क्षेत्रमा सिँचाइका लागि लैजान बनाइएको नहरको मुहान अर्थात् इन्टेक क्षेत्र अहिले ओखरिया इन्टेकका रूपमा चर्चामा आएको छ ।

ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरण’bout प्रचारप्रसार भएपछि पछिल्लो समय यस क्षेत्रमा घुम्न तथा आउने पर्यटकको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । बिदाको समय र चाडपर्वका बेला यहाँ घुम्न आउनेको संख्या बढी हुने गर्छ । चाडबाडका बेला पिकनिक खाने र रमाइलो गर्नेको भिड नै हुने गरेको स्थानीय बताउँछन् । दसैंतिहार यता यहाँ करिब ५ सय समूह पिकनिक खान आएको पार्कका कर्मचारी रामसुन्दर थारुले बताए । कुनैकुनै दिन पिकनिक खाने ८ देखि १० वटा समूह हुने गरेको उनले बताए ।

Basgadhi PSA_final

इन्टेक क्षेत्रमा प्रायः चिसो हावा बहन्छ । हरियाली, शान्त वातावरण, चिसो हावा, खुला चौर यस क्षेत्रको मुख्य विशेषता हो । यहाँ राखिएको गैंडा मूर्ति, रंगीन आराम बेन्च, नहरको मुहान र कर्णाली नदीको दोभानले सबैको मन लोभ्याउने गर्छ । यहाँबाट कर्णाली चिसापानीको एकखम्बे पुल पनि देखिन्छ ।

यो क्षेत्र कर्णाली नदी र गेरुवा नदीको दोभानमा पर्छ । इन्टेको दाहिनेतर्फबाट गेरुवा नदी बगेको छ । भने बायाँतर्फबाट कर्णाली नदी बगेको छ । इन्टेको दाहिने क्षेत्र निकुञ्ज पर्छ । दुवैतर्फ नदी र जंगल भएकाले यो क्षेत्र निकै शान्त र सुन्दर छ । जिल्लाको अन्य क्षेत्रको तुलनामा यहाँ अलि बढी चिसो महसुस हुन्छ । नदी बगेको कलकल आवाज, निकुञ्जका वन्यजन्तु र चराहरूको आवाजले यहाँ घुम्न आउने पर्यटक आकर्षित हुने गर्छन् । ओखरिया इन्टेक बस्तीभन्दा केही टाढा रहेकाले यहाँको वातावरण निकै शान्त, सफा र सुन्दर रहेको छ ।

विगतमा यो क्षेत्रलाई कसैले खासै चासो देखाएका थिएनन् । पछिल्लो समय स्थानीय युवाले यसमा चासो देखाएपछि अहिले ओखरिया इन्टेक क्षेत्र पर्यटकीय स्थलका रूपमा परिचित बन्दै गएको छ । अहिले स्थानीय युवाहरू गेरुवा पर्यापर्यटन विकास मञ्च गठन गरेर यसको प्रवद्र्धनमा जुटेका छन् ।

गेरुवा पर्यापर्यटन विकास मञ्चका अध्यक्ष तिलकराम थारू भन्छन्, ‘पहिले यसको प्रचारप्रसार र प्रवद्र्धनका लागि खासै चासो दिइएको थिएन । अहिले युवाले यसलाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेपछि सबैको चासो बढेको छ ।’ अहिले गेरुवा गाउँपालिकाले पनि यसको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारमा लगानी गरेको छ ।

यस क्षेत्रमा घुम्न आउने पर्यटक बस्न अहिले इन्टेकको डिल र चौरमा ३२ वटा वातावरणमैत्री आराम बेन्च राखिएको छ । इन्टेकको मुहाननजिकै दुईवटा गोल टेबुलसिहतको आराम बेन्च र एउटा गैंडाको मूर्ति राखिएको छ । फोटो खिच्न प्रेमको प्रतीक चिह्न भएको संरचना राखिएको छ । पिकनिक खानका लागि छुट्टै स्थान बनाइएको छ । इन्टेकको नजिकै शहीदपार्क निर्माणाधीन अवस्थामा छ । पार्कनजिकै ट्री हाउस बनाइएको छ । ट्री हाउस बसेर पर्यटक वन तथा वन्यजन्तुको अवलोकन गर्ने गर्छन् । इन्टेक क्षेत्रको मज्जा लिन हिउँदको समयमा आन्तरिक पर्यटक बढी आउने गरेको स्थानीय पुस्कर काफ्लेले बताए ।

कोठियाघाटस्थित कर्णाली गेरुवा नदी पार गरेर करिब एक किलोमिटर टाढा पर्ने रामजाने चोकदेखि उत्तर करिब २२ किलोमिटरको दूरीमा ओखरिया इन्टेक क्षेत्र पर्छ ।

Leave A Reply

Your email address will not be published.