bardiyahospital

प्रहरी नायब महानिरीक्षक कडायतद्वारा नवनिर्मित भवनको उद्घाटन   

Geruwa GIF

विशाल बस्नेत, गुलरिया । ठाकुरबाबा नगरपालिका भुरिगाउँमा रहेको  इलाका प्रहरी कार्यालय बगनाहा भूरिगाउँ को नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतको उद्घाटन भएको छ । प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले मंगलबार एक कार्यक्रममा बीच सो उद्घाटन गर्नु भएको हो । 

उद्घाटन पश्चात नायब महानिरीक्षक कडायतले भुरिगाउँमा बनेको नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्न भएको थियो । कार्यक्रममा बोल्दै महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पुरा गर्दै आएको बताउनु भयो । साथै उहाँले नव– निर्मित संरचनाहरूलेप्रहरीलाई थप हौसला उर्जा र मनोबलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मदत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

cld

उद्घाटन कार्यक्रम पश्चात प्रहरी नायब महानिरीक्षक कडायतले जिल्ला रहेका प्रहरी कार्यलयका कार्यालय प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा जवानहरूलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने, प्रमाणमुखी अनुसन्धान गर्ने, प्रहरीको आचरणको र व्यवहारमा सुधार ल्याउनुपर्ने लगायतका विषयमा निर्देशन समेत दिनुभयो ।

सो कार्यक्रममा भवन निर्माणको कार्यलाई सम्पन्न गर्ने इन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश कार्यालय आवास तथा भौतिक शाखाका प्रहरी बरिष्ठ नायब निरीक्षक श्याम बहादुर बलायरलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।  साथै जिल्लामा उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार प्रदान गरिएको प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.