Division forest_Ads
Barabardiya PSA_Final

नेपालगञ्जमा ब्युटी एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टर सञ्चालनमा

Bidhut Notice
Rajapur_Final

नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिरको मिनी मार्केटमा ब्युटी एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । बुधवार मिस नेपालगन्ज २०१५ का विजेता सुमन थापाले रिबन काटेर ब्युटी एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टरको उद्घाटन गर्नुभएको हो ।

उक्त स्टुडियोमा मेकअपको सम्पूर्ण काम जस्तै थ्रेडिङ, फेसियल, वाक्स, सिम्पल मेकअप, हबी मेकअप, ब्राईडल मेकअपको कामहरू गरिने स्टुडियोका सञ्चालक सहिना हलुवाईले बताउनुभयो । स्टुडियोमा मेकअप मात्र नभई मेकअप सम्बन्धी सम्पूर्ण ट्रेनिङ समेत दिइने सञ्चालक हलुवाईले बताउनुभयो ।

आफ्नो नयाँ स्टुडियो तथा ट्रेनिङ सेन्टर खोल्नुको उद्देश्य सौन्दर्यमा चासो राख्ने महिलाहरूलाई स्कीन केयर, सेल्फ मेकअप सम्बन्धी जानकारी गराउनु रहेको उहाँले बताउनुभयो । मेकअप स्टुडियो उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार लगायत सौन्दर्य सम्बन्धी काम गर्ने सौन्दर्य कर्मीहरूको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.