काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
बुधवार राति १२ बजेदेखि देखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मुल्यमा प्रतिलिटर दुई देखि चार रुपैयाँसम्म बृद्धि गरेको छ ।
आयल निगमले एक विज्ञप्ती जारी गरी पेट्रोलमा चार र डिजेल/मट्टितेलमा दुई रुपैयाँले बृद्धि भएको जनाएको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँका दरले मूल्य बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि बढाउन परेको निगमले जानकारी दिएको छ ।