bardiyahospital

यातायातमा अनलाइन सवारी दर्ता

Geruwa GIF

गोविन्द शर्मा, बाँके। नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात व्यवस्था कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।

यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी सहज भएको छ । लुम्बिनी प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेशका यातायात कार्यालयमार्फत अनलाइन सवारी दर्ता प्रणालीबाट गर्ने निर्णय गरेपछि यातायात व्यवस्था कार्यालय बाँकेले पनि विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेको अधिकृत चौधरीले जानकारी दिनुभयो ।

cld

उहाँले भन्नुभयो, ‘यसबाट सवारी दर्ता व्यवस्थित हुनेछ भने फाइल हराउने समस्या पनि हट्नेछ ।’ यसबाट प्रदेश नम्बर प्रदान गरिन्छ । विद्युतीय माध्यमबाट प्रदेश नम्बर भएका सवारी साधन कार्यालयबाट नवीकरण हुनेछन् ।

माघदेखि सुरु भएको अनलाइन सेवाबाट सेवा लिनेहरु सेवाग्राहीको सङ्ख्या दिनप्रतिदिन बढ्दैगएको कार्यालयले जनाएको छ । यसले सवारी धनीलाई कार्यालयमै पुगेर लाइन बस्नुपर्ने समस्याबाट मुनाएको छ । विद्युतीय प्रणालीबाट घरमै बसेर पनि सवारी दर्ता हुन्छ । गोरखापत्र अनलाइनबाट

online dubble sclaed
Leave A Reply

Your email address will not be published.