रमेशकुमार थापा
समाचार १
आज पानी परेकोले किसान खुसी छन ।
एकै छिन अगाडि झोलेको प्रतिकृया आउँछ ।
‘ हाम्रो पार्टीले इन्द्र भगवानलाई खुसी पारेर पानी बर्साउन लगाएको हो । यो हाम्रो लागि गौरवको विषय हो ।हामीले देश र जनताको लागि धेरै ठूलो काम गरेका छौं । हाम्रो पार्टी जिन्दावाद ।’
बजाउ ताली तररर !!
समाचार २
बेमौसमी पानीले तोरी खेती बर्बाद भयो किसानको रुवाबासी चल्छ ।
एकछिन पछि झोलेको प्रतिकृया आउँछ ।
‘ यो बेमौसमी झरीलाई रोक्ने हाम्रो पार्टीले भरमग्दुर प्रयास गर्यो । तर सत्ता पक्षले सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरी झरी निम्त्याएको छ । हामी यसको घोर निन्दा र भर्त्सना गर्दछौँ ।’