bardiyahospital

आज देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना

Geruwa GIF

काठमाडाै‌ । हिउँदे वर्षा गराउने जलवाष्पयुक्त हावा बोकेको पश्चिमी वायु पुनः सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रवेशसँगै शनिबार साँझदेखि चिसो हावा चल्न थालेको र आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ ।

आइतबार देशैभर बदली भए पनि सुदूरपश्चिम र कर्णालीका धेरै क्षेत्रमा वर्षा हुने महाशाखाको प्रक्षेपण छ । त्यस्तै, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा तथा बागमतीका थोरै स्थान र बाँकी क्षेत्रको पहाडी भागमा छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौं उपत्यकामा बादल लागेर छिटफुट वर्षासम्म हुन सक्छ, ठूलो वर्षाको सम्भावना भने छैन,’ मौसमविद् गोविन्द झाले बताउनु भयो।

 

cld

तराई क्षेत्रमा पश्चिमबाट लुम्बिनीसम्म वर्षा भए पनि त्यहाँदेखि पूर्वतिर भने सम्भावना नरहेको महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सोमबार साँझदेखि भने पश्चिमी वायु कमजोर हुने आकलन गरिएको छ ।

यसअघि बुधबार प्रवेश गरेको पश्चिमी वायुले बिहीबार पश्चिम नेपालमा वर्षा र हिमपात गराएको थियो । मध्य र पूर्वी नेपालसम्म आइपुग्दा वायु कमजोर भएको थियो ।

 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.