यज्ञप्रसाद सापकोटा
बर्दिया ।
पश्चिम तराईमा पहिलाे पटक बर्दिया जिल्लामा १८ बर्ष भन्दा बढि उमेरका सबै जनतालाई कोभिड १९ विरुद्ध खोप लगाईने भएको छ । बर्दिया जिल्लामा हाल सम्म लगाउन बाँकी रहेका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बर्दियामा हाल सम्म खोप लगाउन मिल्ने १८ बर्ष भन्दा माथिका ३७ प्रतिशतले मात्र खोप लगाएका छन् । बर्दिया जिल्लामा १८ बर्ष भन्दा माथिका दुई लाख ७८ हजार १६ जना रहेकोमा हाल सम्म पहिलो डोज खोप लगाएका एक लाख १६ हजार तिन १७ जना रहेका छन् । भने दुई डोज खोप लगाएका एक लाख एक हजार चार सय ९७ रहेका छन् । एक डोज पनि खोप नलगाएका भने एक लाख ६१ हजार ६ सय ९९ जना रहेका छन् । सुरुमा पहिलो डोज खोप लगाईने र दोस्रो डोज खोपको लागि माग गर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । उहाँले पश्चिम तराईमा सबै जनतालाई खोप लगाईने पहिलो जिल्ला बर्दिया भएको बताउनु भयो ।
बर्दिया जिल्लाका बाढि प्रभावित क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सोमबार देखि खोप लगाउन सुरु गरीएको छ । भने आगामी मंसिर ८ गते देखि १८ गते सम्म बर्दिया जिल्लाका ६ ओटा पालिकामा खोप लगाईने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
सबै जनतालाई खोप लगाउने अभियान सञ्चालन गरीने भएपनि कतिपयले खोप लगाउन नजाने र जिल्ला देखि बाहिर रहेकाहरुले सबै जनालाई खोप लगाउन चुनौती देखिएको प्रमुख गिरीले बताउनु भयो ।
बर्दियामा पहिलो चरणमा १५ हजार ९ सय १७ पिसिआर टेस्ट गरेकोमा एक हजार ४ सय ४२ जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरी दोस्रो चरणमा चार हजार तिन सय ३६ जनामा पिसिआर टेस्ट गरेकोमा दुई हजार दुई सय ९६ पोजेटिभ देखिएको थियो । भने १० हजार ४४ जनामा एन्टिजिन टेष्ट गरीएकोमा तिन हजार २ सय ८६ जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरी बर्दिया जिल्ला भन्दा बाहिर भएको परिक्षणमा एक हजार ९ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बर्दिया जिल्लामा हाल सम्म दुई सय ३८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।