काठमाडौं । बढ्दो उमेरको प्रभाव हाम्रो स्वास्थ्यमा विस्तारै पर्दै जान्छ । त्यसैले समयसंगै आफ्नो स्वास्थ्यको ध्यान राख्नु आवश्यक छ । ५० वर्षपछि हाम्रो स्वास्थ्य अत्यधिक प्रभावित हुन्छ । त्यसैले यो उमेरमा आफ्नो स्वास्थ्यको अझ बढी ध्यान दिनु आवश्यक हुन्छ ।
५० वर्षको उमेरका मानिसको शरीरमा क्याल्शियम, आइरन, म्याग्नेशियमजस्ता विभिन्न पोषक तत्वको कमी हुन थाल्छ । यी कमीहरुका कारण ब्लड प्रेशरको समस्या, हड्डि कमजोर हुने समस्या, मुटुको स्वास्थ्यमा प्रभाव पर्नु, लीभर र किड्नीमा जोड पर्ने जस्ता समस्या हुन थाल्छ ।
यसबाहेक ५० वर्षपछि डाइबिटिजको खतरा पनि अत्यधिक हुन्छ, जसका कारण अन्य रोग पनि उत्पन्न हुन्छ । त्यसैले तल उल्लेखित कुराहरु सेवन गर्नु हानिकारक हुन्छ ।
चिनी
चिनी सेवन गर्नु हरेक उमेरका मानिसका लागि हानिकारक हुन्छ, तर ५० वर्षको उमेरमा चिनी सेवनमा विशेष ध्यान दिनु अवाश्यक छ । बढ्दो उमेरसंगै हाम्रो प्यानक्रिया कमजोर हुन थाल्छ । यसको साथै शरीरमा चिनीलाई पचाउन सक्दैन । जसले गर्दा शरीरमा इन्सुलिन कम हुन थाल्छ र शुगरको समस्या हुन थाल्छ । आफ्नो डाइटमा चिनी अथवा शुगर फ्रिी प्रोेडक्टको प्रयोग गर्नु हुँदैन । मह र शख्खरको सेवन पनि सिमित मात्रामा गर्नु पर्छ ।
तारेको र भुटेको खानेकुरा
५० वर्षको उमेरपछि सकेसम्म सादा र कम मसला भएको भोजन खानु पर्छ । धेरै तारेको भुटेको खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ । बढी मात्रामा तेलको सेवनले कोलेस्ट्रल बढ्छ, जसले गर्दा मुटु प्रभावित हुन्छ । यसबाहेक खुर्सानीको सेवनले कब्जियत अथवा अन्य पाचन समस्या हुन्छ ।
मांसाहारी भोजन
यदि तपाईँ मांसाहारी खाना खान मन पराउनु हुन्छ भने मांसाहारी सेवन सिमित मात्रा अथवा कम गर्नु पर्छ । रेड मीट जस्ता खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले शरीरमा फ्याट बढाउछ र मुटु प्रभावित गर्छ । यसको साथै मासुजन्य खानेकुराले पेटको समस्या अथवा अन्य रोग हुन्छ । मुटुलाई स्वास्थ्य राख्नका लागि मांसाहारी खाना नखानु नै उपयुक्त हुन्छ ।
चिया र कफी
यदि तपाईँ अत्यधिक चिया–कफीको सेवन गर्नु हुन्छ भने यी कुराहरुको सेवन सिमित रुपमा गर्नु पर्छ । अत्यधिक चिया कफीले स्वास्थ्यलाई प्रभावित गर्छ । चियाको सेवनले कब्जियत,एसिडिटि अथवा पाचन सम्बन्धि समस्या हुन्छ । खाली पेटमा चिया पिउनुबाट बच्नु पर्छ । कफी सेवनले ब्लड प्रेशरलाई प्रभावित गर्छ । यसको साथै निद्रा सम्बन्धि समस्या बढाउन सक्छ ।